यमनमा जारी युद्धमा दिएको समर्थन अन्त्य गर्ने अमेरिकी राष्ट्रपति बाइडेनको भनाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

यमनमा जारी युद्धमा दिएको समर्थन अन्त्य गर्ने अमेरिकी राष्ट्रपति बाइडेनको भनाई

एजेन्सी, २३ माघ । यमनमा भइरहेका आक्रामक कारबाहीमा अमेरिकाले गर्दै आएको समर्थन अन्त्य गर्ने अमेरिकी राष्ट्रपति जो बाइडनले बताउनु भएको छ । आफ्नो विदेश नीतिबारे पहिलोपटक वक्तव्य दिँदै राष्ट्रपति वाइडेनले यमनमा युद्ध अन्त्य हुनुपर्ने बताउनु भएको हो ।

छ वर्षभन्दा लामो समयदेखि जारी युद्धमा यमनमा एक लाख १० हजारभन्दा बढी मानिसहरूले ज्यान गुमाएको बताइएको छ । वाइडनका दुई पूर्ववर्तीहरूको प्रशासनका बेला हुथी विद्रोहीविरुद्ध साउदी अरेबियाको नेतृत्वको गठबन्धनले यमनमा गरेको युद्धमा अमेरिकाले समर्थन जनाएको थियो ।

सन् २०१४ मा यमनको कमजोर सरकार र हुथी विद्रोहीबीच लडाइँ सुरु भएको थियो । त्यसको एक वर्षपछि साउदी अरेबिया र आठ अन्य अरब देशसहित अमेरिका, यूके र फ्रान्सले हुथीविरुद्ध हवाई हमला थालेपछि द्वन्द्व चर्किएको हो । तर अलकायदाविरुद्धको कारबाहीलाई यसले असर गर्दैन ।

यो घोषणापछि अब अमेरिकाले आक्रामक कारबाहीहरू रोक्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । बाइडन प्रशासनले यसअघि नै साउदी अरेबिया र संयुक्त अरब एमिरेट्सलाई अस्थायी रूपमा हतियारहरू बेच्न रोकिसकेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);