भारतविरुद्धको पहिलो टेस्ट क्रिकेटमा इंग्ल्यान्डको बलियो शुरुवात | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

भारतविरुद्धको पहिलो टेस्ट क्रिकेटमा इंग्ल्यान्डको बलियो शुरुवात

एजेन्सी, २३ माघ । भारतविरुद्धको पहिलो टेस्ट क्रिकेटमा इंग्ल्यान्डले बलियो शुरुवात गरेको छ ।भरतको चेन्नइमा शुक्रबार सुरु भएको ४ मध्ये पहिलो टेस्टमा इंग्ल्यान्डले ३ विकेट गुमाएर २ सय ६३ रन बनाउदा पहिलो दिनको खेल सकिएको छ ।

इंग्ल्यान्डका कप्तान जो रुट १ सय २८ रनको शतकीय इनिङ्स खेल्दै अविजित रहेका छन् । व्यावसायीक खेल जिवनको सयौं टेष्ट खेलिरहेका रुटको यो कीर्तिमानी शतक हो । उनि व्यक्तिगत ९८ औं , उनान्सयौं र सयौं ं टेस्टमा लगातार शतक बनाउने पहिलो खेलाडी भएका छन् ।

उनको यो करियरको २० औं टेस्ट शतक हो । इंग्ल्याण्डका ओपनर डम सिब्ली ८७ रनमा आउट भए । अर्को ओपनर रोरी बर्न्सले ३३ रन बनाए । भारतका जस्प्रित बुम्राहले २ तथा रविचन्द्र आश्विनले १ विकेट लिए ।

भारत भ्रमणमा रहेको इंग्ल्यान्डले घरेलु टिमसँग ४ खेलको टेस्ट सिरिज खेल्नेछ । टेस्टपछि इंग्ल्यान्ड र भारतबीच पाँच खेलको टी–ट्वान्टी हुनेछ । यस्तै ३ खेलको एकदिवसीय सिरिज समेत हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);