भारतमा कृषि कानुनविरुद्ध आन्दोलनरत किसानद्वारा देशव्यापाी जक्काजाम आयोजना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

भारतमा कृषि कानुनविरुद्ध आन्दोलनरत किसानद्वारा देशव्यापाी जक्काजाम आयोजना

एजेन्सी, २४ माघ । भारतमा कृषि कानुनविरुद्ध किसानहरुले आज देशव्यापाी जक्काजाम आयोजना गरेका छन् । ३ महिनादेखि कृषि कानुनविरुद्ध आन्दोलन गरिरहेका भारती किसानहरुले आज दिउँसो १२ बजेदेखि ३ बजेसम्म देशव्यापी चक्काजामको घोषणा गरेका छन् ।

किसान नेताको तर्फबाट राजधानी दिल्लीमा पनि चक्का जाम गर्ने घोषणा गरेपछि दिल्ली प्रहरीले सतर्कता बढाएको छ । गत जनवरी २६ मा भएको हिंसालाई मध्यनजर गर्दै दिल्ली प्रहरीले छिमेकी राज्यसँग जोडिएको सीमा नाकामा सुरक्षा व्यवस्था कडा पारेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

यसैबीच भारतमा जारी किसान आन्दोलनबारे राष्ट्र संघले पहिलोपटक आफ्नो धारणा सार्वजनिक गरेको छ । राष्ट्रसंघको मानव अधिकारवादी संस्था ह्युमन राइट्सले भारतीय प्रशासन र आन्दोलित किसान दुवै पक्षलाई बढीभन्दा बढी संयता अपनाउन अपिल गरेको छ ।

किसानहरुको मागलाई मध्यनजर गर्दै आगामी १८ महिनाका लागि उक्त कानुन स्थगित गर्ने सरकारले बताए पनि उक्त कानुन खारेज गर्न माग गर्दै किसानहरुले आन्दोलन जारी नै राखेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);