पाकिस्तानी प्रधानमन्त्री खानद्वारा भारतसँग वार्ताको प्रस्ताव | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

पाकिस्तानी प्रधानमन्त्री खानद्वारा भारतसँग वार्ताको प्रस्ताव

एजेन्सी, २४ माघ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतसँग वार्ताको प्रस्ताव राख्नु भएको छ । काश्मिर एकता दिवसका अवसरमा प्रधानमन्त्री खानले भारतसँग वार्ताको प्रस्ताव राख्नुभएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

प्रधानमन्त्री खानले भारतले काश्मिरको मुद्दा सुल्झाउन इमान्दारिता देखाएमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको प्रस्ताव अनुसार आफुहरु दुई कदम अघि बढ्न तयार रहेको उल्लेख गर्नु भएको छ ।

प्रधानमन्त्री खानले सामाजिक सञ्जालमार्फत स्थिरता र शान्तिको आफुहरुको चाहानालाई कमजोरीका रुपमा नलिन समेत आग्रह गर्नुभएको छ । खानले काश्मिरीहरुको आत्मनिर्णयको अधिकारका लागि पाकिस्तान दृढ अडानमा रहेको भन्दै र काश्मिरीहरुको चाहना पुरा गर्न तयार रहेको बताउनु भएको छ ।

पाकिस्तानले हरेक वर्ष फेब्रेअरी ५ मा काश्मिर एकता दिवस मनाउँदै आएको छ । यस दिन पाकिस्तानमा सार्वजनिक विदा समेत हुने गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);