रुसले आफ्ना ३ कूटनीतिज्ञलाई गरे निष्काशित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

रुसले आफ्ना ३ कूटनीतिज्ञलाई गरे निष्काशित

एजेन्सी, २४ माघ । विपक्षी नेता एलेक्सी नाभाल्नीको समर्थनमा भएको प्रदर्शनमा सहभागी भएको अभियोगमा रुसले आफ्ना ३ कूटनीतिज्ञलाई निष्काशित गरेको छ । रुसले जर्मनी, स्वीडेन र पोल्याण्डमा रहेका कुटनीतिज्ञलाई निष्काशित गरेको हो ।

रुसी विदेश मन्त्रालयले वक्तव्य जारी गर्दै अवैध प्रदर्शनमा सहभागी भएकाले कुटनीतिज्ञहरुलाई निष्काशित गरिएको उल्लेख गरेका छ । विपक्षी नेता एलेक्सी नाभाल्नीको समर्थन र उनको रिहाईको माग गर्दै विभिन्न शहरहरु पनि दैनिक प्रदर्शन भईरहेका छन् भने हजारौँ समर्थकहरु पक्राउ परिरहेका छन् ।

केही दिन अघिमात्र स्थानीय अदालतले नाभाल्नीविरुद्ध २ बर्ष ८ महिनाको जेल सजाय सुनाएको छ । जर्मनी, स्वीडेन र पोल्याण्डले रुसी निर्णयको विरोध गरेका छन् भने बेलायत, फ्रान्स र युरोपेली युनियनले समेत सो घटनाको विरोध गरेका छन्। नाभाल्नीलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक मानिन्छ ।

नाभाल्नीलाई गएको अगस्टमा विष दिएर मार्ने प्रयास भएको थियो । पाँच महिनाको उपचार पछि जर्मनीबाट स्वदेश फर्किएका नाभाल्नीलाई विमानस्थलबाटै नियन्त्रणमा लिइएको थियो। त्यसपछि उनको रिहाईको माग गर्दै रुसका विभिन्न शहरहरुलगायत अन्य मुलुकहरुमा समेत प्रदर्शन हुँदै आएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);