अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या बढेसँगै खोप कार्यक्रम आक्रामक रुपमा अघि बढ्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या बढेसँगै खोप कार्यक्रम आक्रामक रुपमा अघि बढ्दै

एजेन्सी, २४ माघ । संयुक्त राज्य अमेरिकाले अमेरिकामा हालै सुरु भएको कोरोना विरुद्धको खोप कार्यक्रमका लागि सेना परिचालन गर्ने भएको छ ।

पछिल्लो समयमा अमेरिकामा कोरोना भाइरसकाकारण ज्यान जाने नागरिकको संख्या दिन प्रतिदिन बढ्दै गएकोले यसको संक्रमणलाई कम गर्न यसका विरुद्धको खोप लगाउने कार्यक्रमलाई गति दिन थालिएको बताइएको छ । अमेरिकी रक्षा मन्त्रालयले खोप कार्यक्रमका लागि एक हजार ११० जना सैनिक खटाउने भएको बताइएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यही १५ फेब्रुअरीसम्ममा देशभर सबै नागरिकलाई आमरूपमा यो खोप दिने प्रयोजना लागि कम्तीमा पनि १०० वटा खोप केन्द्रहरू सार्वजनिक स्थलहरूमा राख्ने भएको छ ।

अमेरिकामा पछिल्लो समयमा कोरोनाका संक्रमितहरूको संख्या बढ्दै गएको र मृत्यु हुनेको संख्या पहिलेका तुलनामा झनै बढ्न थालेकाले यसका विरुद्धको खोप लगाउने प्रक्रियालाई थप गति दिनुपर्नेमा जोड दिइएको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);