अमेरिकी नागरिकले डिसेम्बरदेखि कोरोना विरुद्धको खोप पाउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

अमेरिकी नागरिकले डिसेम्बरदेखि कोरोना विरुद्धको खोप पाउने

एजेन्सी, ८ मंसिर । अमेरिकी नागरिकले अर्को महिनादेखि कोरोना भाईरसविरुद्धको खोप पाउने भएका छन् । खोपको अनुमति दिने र प्रमाणिकरणका सबै प्रक्रिया आगामी डिसेम्बर ११ सम्म पूरा हुने भएपछि अमेरिकी जनताले कोरोना विरुद्धको खोप पाउने भएका हुन् ।

खोपको अनुमति दिने र प्रमाणिकरणका सबै प्रक्रिया डिसेम्बर ११ सम्म पुराहुने अमेरिकी खोप कार्यक्रमका प्रमुख डा.मोन्सेफ स्लाओइले बताउनु भएको हो । डा. स्लाओइले अनुमति पाएको २४ घण्टाभित्र खोप विभिन्न स्थानहरुमा पठाइने जानकारी दिनुभयो ।

फाइजर, बायोएन्टेक तथा मोडेर्नाले तयार पारेको खोपको अध्ययन अनुसन्धानकै क्रममा रहेको भन्दै डा. मोन्सेफले ती खोपहरु अनुमोदनका लागि १० डिसेम्बरसम्म कुर्नुपर्ने र ११ डिसेम्बरमा अमेरिकी नागरिकहरुले खोप प्राप्त गर्नसक्ने जानकारी दिनुभयो ।

यसैबीच अमेरिकी संक्रमण रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले खोप प्रयोगमा ल्याए आगामी वर्ष अमेरिकामा कोरोना नियन्त्रणमा आउने दावी गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);