अमेरिकाले ताइवालनलाई साँढे सात लाख कोरोना भाइरस विरुद्धको खोप दिने | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

अमेरिकाले ताइवालनलाई साँढे सात लाख कोरोना भाइरस विरुद्धको खोप दिने

एजेन्सी । अमेरिकाले ताइवानलाई साढे सात लाख कोरोना भाइरस विरुद्धको खोप दिने भएको छ । विश्वव्यापीरुपमा खोप वितरणको योजनाअनुसार अमेरिकाले ताइवानलाई उक्त खोप दिन लागिएको हो । यसअघि ताइवानले आफूलाई चीनले खोप पाउनबाट रोकिरहेको बताउँदै आएको अवस्थामा अमेरिकाले यस्तो निर्णय गरेको हो ।

अमेरिकी सिनेटर ट्यामी डकवर्थसहित अन्य दुई अमेरिकी अधिकारी पनि ताइवानमा छन् । उनले ताइवानलाई तत्कालै कोरोना खोपको आवश्यकता रहेको र अमेरिकालाई पनि ताइवानसँगको मित्रता मूल्यवान् रहेकाले खोप दिने निर्णय गरिएको बताए ।

अहिले घोषणा गरिएअनुसारको खोप ताइवानले कहिले पाउँछ भन्ने विषयमा भने कुनै जानकारी दिइएको छैन । ताइवानका विदेशमन्त्री जोसेप वुले अमेरिकालाई खोप अनुदानको लागि धन्यवाद दिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);