अमेरिकाले ८ करोड मात्रा कोरोना विरुद्धको खोप वितरण गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

अमेरिकाले ८ करोड मात्रा कोरोना विरुद्धको खोप वितरण गर्ने

एजेन्सी । अमेरिकाले निम्न र मध्यम आय भएका मुलुकलाई उच्च प्राथमिकतामा राखेर ८ करोड मात्रा कोरोना विरुद्धको खोप वितरण गर्ने बताएको छ । खोप सहयोगका लागि संसारभरबाट अनुरोध आएपछि कसलाई प्राथमिकता दिने भन्ने दबाबबीच अमेरिका निम्न र मध्यम आय भएका मुलुकलाई प्राथमिकतामा राख्न सैद्धान्तिक निष्कर्षमा पुगेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

अमेरिकी विदेश मन्त्रालयको ग्लोबल कोभिड रेस्पोन्स एण्ड हेल्थ सेक्युरीका ग्याले इ स्मिथले अमेरिका मध्यम र निम्न आय भएका मुलुकलाई खोप दिने विषयमा केन्द्रित भएको बताउनु भएको हो । उहाँले खोपको आपूर्तिका लागि जी–७ मुलुकहरुसँग कुराकानी गरिरहेको समेत उल्लेख गर्नुभएको छ । पछिल्लो समय नेपाल लगायतका भारतका छिमेकी मुलुकमा बढ्दो संक्रमण र भ्याक्सिनको अभावका सम्बन्धमा अमेरिकाले विशेष चासो दिएको छ ।

विश्वको सबैभन्दा बढी खोप उत्पादन गर्ने मुलुक भारतले आफ्नो उत्पादन घरेलु प्रयोजनका लागि मात्र प्रयोग गरेपछि यतिबेला अमेरिकामाथि संसारभरीबाट दबाव छ । विश्वभरबाट माग बढेपछि अमेरिकाले खोप उत्पादनलाई बढाउने तयारी गरेको छ । पहिले ६ करोड मात्रा खोप उपलब्ध गराउने घोषणा गरेको अमेरिकाले थप दुई करोड वितरण गर्ने स्पष्ट गरिसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);