नेपाली कांग्रेसका सभापति देउवाद्वारा अमेरिकी राष्ट्रपति जो बाइडेनलाई धन्यवाद व्यक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नेपाली कांग्रेसका सभापति देउवाद्वारा अमेरिकी राष्ट्रपति जो बाइडेनलाई धन्यवाद व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई धन्यवाद दिएका छन् ।

नेपाल लगायत एसियालीलाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने अमेरिकी घोषणा गरेपछि शुक्रवार ट्वीट गर्दै पूर्व प्रधानमन्त्री समेत रहनुभएका देउवाले राष्ट्रपति बाइडेनलाई धन्यवाद दिएका छन् ।

उनले बाइडेनको यो निर्णयले नेपाल र अमेरिकाबीचको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ हुने विश्वास समेत व्यक्त गरेका छन् ।

बिहीबार अमेरिकाले कोभ्याक्स सुविधाअन्तर्गत विश्वभर २ करोड ५० लाख खोप वितरण गर्ने घोषणा गर्नुभएको छ । यस अन्तर्गत एसियाका मुलुकलाई ७० लाख डोज खोप उपलब्ध गराउने घोषणा भएको हो ।

राष्ट्रपति बाइडेनले बिहीबार सार्वजनिक विज्ञप्तिमार्फत दक्षिण एसियामा आठ र दक्षिण–पूर्वी एसियामा ११ देशका लागि ७० लाख खोप अनुदान दिने घोषणा गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);