अमेरिकी राष्ट्रपतिका लागि डेमोक्य्राटीक पार्टीबाट बाइडेन अनुमोदित | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

अमेरिकी राष्ट्रपतिका लागि डेमोक्य्राटीक पार्टीबाट बाइडेन अनुमोदित

एजेन्सी, ३ भदौ । अमेरिकाको डेमोक्य्राटीक पार्टीले राष्ट्रपतिको उम्मेदवारका रुपमा जो बाइडेनलाई औपचारिक अनुमोदन गरेको छ । डेमोक्य्राटीक पार्टीको चार दिने अधिवेशनका क्रममा दोस्रो दिन बाइडेनलाई औपचारिक रुपमा राष्ट्रपतिको उम्मेदवार घोषणा गरिएको अन्तर्राष्ट्रिय अमेरिकी संचार माध्यमहरुले जनाएका छन् ।

कोरोना भाइरसको महामारीका कारण ठूलो सभा गर्नुको साटो भइरहेको भर्चुअल अधिवेशनमा डेमोक्य्राटिक पार्टीले आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा ७७ वर्षीय बाइडेनलाई अनुमोदन गरेको हो । मिल्वाकीको सम्मेलन केन्द्रलाई अधिवेशन स्थल तोकिए पनि स्वास्थ्य चुनौतीलाई ध्यान दिई सबैजसो प्रबुद्ध व्यक्ति, शुभेच्छुक एवं पूर्व राष्ट्रपतिहरुले भर्चुअल विधिबाटै सम्बोधन गरिरहेका छन् ।

अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टन र विदेश मन्त्री जोन केरी तथा रिपब्लीकन पार्टीबाट पूर्व विदेश मन्त्री कोलिन पावेलले पनि बाइडेनलाई विजयका लागि शुभकामना दिएका छन् । ९५ वर्षका पूर्व राष्ट्रपति जिम्मी कार्टर समेत भर्चुअल बैठकमा सहभागि हुनुहुन्थ्यो ।

वक्ताहरुले राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका नीतिहरुको आलोचना गरेका थिए । बैठकमा आधा दर्जनभन्दा बढी रिपब्लीकन नेताहरुले समेत बाइडेनलाई समर्थन गर्दै सम्बोधन गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);