ओबामाको आक्रोश - ट्रम्पले ह्वाईट हाउसको मर्यादा र गरिमाकै खिल्ली उडाए | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

ओबामाको आक्रोश – ट्रम्पले ह्वाईट हाउसको मर्यादा र गरिमाकै खिल्ली उडाए

एजेन्सी, ४ भदौ । अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध आक्रोश व्यक्त गर्नु भएको छ । प्रायः शान्त र शिष्ट स्वभावमा प्रस्तुत हुने ओबामाले अमेरिकी डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलनमा ट्रम्प विरुद्ध निकै आक्रामक रुपमा प्रस्तुत हुदै आक्रोश व्यक्त गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

ओबामाले राष्ट्रपति पद र जिम्मेवारीलाई मनोरञ्जन स्थल बनाएर ट्रम्पले ह्वाईट हाउसको मर्यादा र गरिमाकै खिल्ली उडाएको भन्दै आक्रोशव्यक्त गर्नुभयो । ट्रम्पमा क्षमता नभएकै कारण राष्ट्रपतिको रुपमा परिपक्व हुन नसकेको ओबामाको टिप्पणी थियो ।

उता ओबामाको टिप्पणीको जवाफमा राष्ट्रपति ट्रम्पले ओबामाले ८ वर्षे शासनकालमा अमेरिकीहरुलाई त्रासमा छाडेकोले आफु राष्ट्रपतिमा निर्वाचित भएको तर्क गर्नुभएको छ ।

अमेरिकी डेमोक्रेटीक सम्मेलनले औपचारिक रुपमा उपराष्ट्रपतिपदको उम्मेदवारमा कमला ह्यारिसलाई अनुमोदन गरेको छ । डेमोक्रेटीक सम्मेलनले यसअघि नै राष्ट्रपतिका लागि जो बाईडेनको उमेदवारी अनुमोदन गरिसकेको छ । ह्यारिसको जोडीले अमेरीकामा आगामी नोभेम्बर ३ मा हुने राष्ट्रपति चुनावमा ट्रम्प र माईक पेन्सको जोडीसँग प्रतिस्पर्धा गर्दैछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);