रुसमाथिको प्रतिबन्ध नहटाउन ओबामाको आग्रह | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

रुसमाथिको प्रतिबन्ध नहटाउन ओबामाको आग्रह

६ माघ, काठमाडौँ । ह्वाइटहाउसबाट भोलिदेखि बाहिरिंदै गरेका अमेरिकी राष्ट्रपति बराक ओबामाले रुसमाथि लगाइएको प्रतिबन्ध नहटाउन नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आग्रह गरेका छन् ।

रुसमाथिको प्रतिबन्ध नहटाउन ओबामाको आग्रह

६ माघ, काठमाडौँ । ह्वाइटहाउसबाट भोलिदेखि बाहिरिंदै गरेका अमेरिकी राष्ट्रपति बराक ओबामाले रुसमाथि लगाइएको प्रतिबन्ध नहटाउन नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आग्रह गरेका छन् । ओबामाले जबसम्म रुसले अमेरिकामाथि गलत नियत राखिरहन्छ, तबसम्म उसमाथिको प्रतिबन्ध हटाउन नहुने बताएका छन् ।

यूक्रेनको सम्प्रभुतामाथिको अतिक्रमण जस्ता अक्षम्य काम रुसबाट भएको ओबामाको भनाइ छ । ह्वाइटहाउसमा आठ वर्ष बिताएपछि राष्ट्रपतिका रुपमा आफ्नो अन्तिम पत्रकार सम्मेलनमा ओबामाले भ्लादीमिर पुटिनले अमेरिकासँग शत्रुतापूर्ण सम्बन्ध कायम गरेको र यो शीत युद्ध जस्तै रहेको पनि उल्लेख गरे ।

ओबामाले आफू नागरिक स्वतन्त्रताको पक्षमा सधै आवाज उठाइरहने पनि प्रष्ट गरे । भोलि शुक्रवार जनवरी २० का दिन ट्रम्पले अमेरिकी राष्ट्रपतिको पद तथा गोपनीयताको शपथ लिँदै लिदैंछन् । जहाँ ५० जना सिनेटरले शपथ समारोह बहिष्कार गर्ने निर्णय गरेका छन् । ट्रम्पको अभिव्यक्ति र कार्यशैलीप्रति विरोध जनाउँदै डेमोक्रेट सिनेटरहरुले शपथ समारोह बहिष्कार गर्ने घोषणा गरेका हुन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);