यसरी बाहिरिदै छन् बराक ओबामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

यसरी बाहिरिदै छन् बराक ओबामा

मेलिना शर्मा । ६ माघ, काठमाडौं ओबामा एक शक्ति शाली नेता । ह्वाइट हाउसको बहिर्गमनपछि अब ओबामा सामान्य नागरिक मात्र हुनेछन् । अस्वेतबाट राष्ट्रपति बनेका ओबामा त्यस ताका निकै चर्चित बने । उनको चर्चा यतिमा मात्र सिमित रहेन । उनको चर्चा विश्व राजनीतिमा निकै रह्यो । स्वच्छ छवि बनाउन सफल ओबामा धेरै मनहरु जित्न सफल नेता भन्दा अनुपयुक्त हुँदैन । नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ह्वाइट हाउस जिम्मा लगाउँदै ओबामा बाहिरिदै छन् ।

यसरी बाहिरिदै छन् बराक ओबामा

मेलिना शर्मा । ६ माघ, काठमाडौं ओबामा एक शक्ति शाली नेता । ह्वाइट हाउसको बहिर्गमनपछि अब ओबामा सामान्य नागरिक मात्र हुनेछन् । अस्वेतबाट राष्ट्रपति बनेका ओबामा त्यस ताका निकै चर्चित बने । उनको चर्चा यतिमा मात्र सिमित रहेन । उनको चर्चा विश्व राजनीतिमा निकै रह्यो । स्वच्छ छवि बनाउन सफल ओबामा धेरै मनहरु जित्न सफल नेता भन्दा अनुपयुक्त हुँदैन । नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ह्वाइट हाउस जिम्मा लगाउँदै ओबामा बाहिरिदै छन् । ओबामाले भावुक बन्दै औपचारिक रुपमा विदाइ मागे । सायद उनको आँखाले आम मानिसको भावना जित्न सफल भएको प्रस्तुती हुन सक्छ । जनवरी २० अर्थात शुक्रबार ह्वाइट हाउसबाट औपचारिक विदाई लिदै छन्, ओबामा । धेरै याद र धेरै विवाद छाड्दै उनको बर्हिगमन हुँदैछ । राष्ट्रपति ओबामाको काम र राष्ट्र प्रतिको भावनाको कदर यतिबेला सिँगो विश्वले नै गरिरहेको छ, जसले उनका कमजोरीहरुलाई छायामा पार्नेछ । विश्व शक्तिका एक अस्वेत नेताको बहिर्गमनले धेरैको मन छुनेछ । अमेरिकी आर्थिक निति, घरेलु निति, आणविक हातहतियार नियन्त्रण, वातावणीय निति, अन्र्तराष्ट्रिय नितिमा उनी परिवर्तन गर्न सफल मानिन्छन् । तर पनि इराक–इरान, सिरिया जस्ता मुलुकहरुमा जारी हिंसाका घटनाहरुमा फरक दृष्टिकोण राख्न नसक्नु उनको कमजोरीका रुपमा लिन सकिन्छ । यद्धपि विश्व सत्रुका रुपमा लिइएको अलकायदा आतंकबादको अन्त्य गर्नु उनको सफलता मान्न सकिन्छ । यसकै उदाहरण हो, ओशामा बिन लादेनको अन्त्य । डेमोक्र्याटिक पार्टीका ओबामा पछिल्लो राष्ट्रिपतिय चुनावमा विवादमा पनि तानिए । त्यतिमात्र होइन, आफ्नो पहिलो ह्वाइटहाउस प्रवेशमा डोनाल्ड ट्रम्पमाथिको तिखो प्रहार पनि उनका लागि प्रत्योत्पादक बन्यो भन्न सकिन्छ । सायद त्यसकै प्रतिकार मान्न सकिन्छ, राष्ट्रपतिमा निर्वाचित भए देखीनै टं«पका ओबामाको सत्तासिन निषेध जनाइएका काम हरु । उनी अमेरिकालाई आफनै तारिकाले आगाडी बढाउन तयार देखिएका छन् । अमेरिकाको जानी दुश्मन मानिएको रुससँगको सुमधुर सम्बन्ध कायम गर्ने रिपव्लिकन पार्टीबाट निर्वाचित राष्ट्रपटि ट्रम्पको योजनाको प्रसतिफल हेर्न बाँकी नै छ । यद्धपि ओबामाको प्रतिक्रिया कडा देखिन्छ । ओबामाले जबसम्म रुसले अमेरिकामाथि गलत नियत राखिरहन्छ, तबसम्म उसमाथिको प्रतिबन्ध हटाउन नहुने पत्रकार सम्मेलनमा बताएका छन । शुक्रवार जनवरी २० का दिन ट्रम्पले अमेरिकी राष्ट्रपतिको पद तथा गोपनीयताको शपथ लिँदै लिदैंछन् । जहाँ ५० जना सिनेटरले शपथ समारोह बहिष्कार गर्ने निर्णय समेत गरेका छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);