ट्रम्पले सपथ खाएको भोलिपल्टै विश्वभर विरोध, ह्वाइट हाउसको आँगनमै ५ लाख सहभागि | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

ट्रम्पले सपथ खाएको भोलिपल्टै विश्वभर विरोध, ह्वाइट हाउसको आँगनमै ५ लाख सहभागि

अमेरिकाका नयाँ राष्ट्रपतिको विरोधमा अमेरिका तथा विश्वभर दशौं लाखद्वारा प्रदर्शन, अमेरिकाको वासिंटनमा मात्रै पाँच लाख मानिस सडकमा

ट्रम्पले सपथ खाएको भोलिपल्टै विश्वभर विरोध

काठमाडौं । अमेरिकाका नयाँ राष्ट्रपतिको विरोधमा अमेरिका तथा विश्वभर दशौं लाख मानिसले प्रदर्शन गरेका छन् ।

अमेरिकाको विभिन्न शहरका सडकमा ट्रम्प विरुद्ध भएका प्रदर्शमा अपेक्षा गरिए भन्दा धेरै मानिस सहभागी भएका छन् । ट्रम्पको विरोधमा विश्वभर ६ सय भन्दा धेरै र्‍याली भएका छन् ।

महिला अधिकारी रक्षाका लागि र्‍याली भएको अधिकारकर्मीले बताएका छन् । ट्रम्पको शासनकालमा महिला अधिकार हनन हुने र महिलामाथि यौनसहितका विभिन्न खालका हिंसाका घटना बढ्न सक्ने देखिएको र त्यसप्रति विश्व समुदायलाई सचेत तथा ध्यानाकृष्ट गर्न र्‍याली गरिएको आयोजकले बताएका छन् ।

अमेरिकाको राजधानी वासिङटनमा भएको प्रदर्शनमा सबैभन्दा धेरै सहभागी थिए । वासिङटनको विरोध र्‍यालीमा पाँच लाख भन्दा धेरै मानिस सहभागी भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

वासिङटनको र्‍यालीमा दुई लाख जना मात्रै सहभागी हुने अपेक्षा गरिएको थियो ।

वासिङटनमा भएको महिला मार्चमा सहभागीको संख्या ट्रम्पको शपथ ग्रहण समारोहमा भएको सहभागिता भन्दा पनि धेरै रहेको दाबी गरिएको छ ।

वासिङटनको र्‍यालीमा विभिन्न क्षेत्रमा प्रवुद्ध व्यक्तिको पनि सहभागिता थियो । यस्तै सिकागोमा भएको र्‍यालीमा डेढ लाख भन्दा बढी सहभागी भएका छन् । बेलायतसहितका विश्वका अरु देशमा पनि ट्रम्पको विरोधमा प्रदर्शन भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);