महाशक्ति राष्ट्र अमेरिकाको निर्वाचन परिणाम । अनुदारवादविरुद्ध उदारवाद दृष्टिकोणको जित ।। (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

महाशक्ति राष्ट्र अमेरिकाको निर्वाचन परिणाम । अनुदारवादविरुद्ध उदारवाद दृष्टिकोणको जित ।। (भिडियोसहित)


अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा डेमेक्र्याटिक पार्टीका उम्मेदवार जो बाइडेन विजयी भएका छन् । दोश्रो कार्यकालका लागि उम्मेदवारी दिएका रिपव्लिकन पार्टीका उम्मेदवार राष्ट्रपति डोनाल्ड ट्रम पराजित भएपछि अब अमेरिकाको विदेश नीति के हुन्छ ? भन्नेमा अहिले सर्वत्र चासो बढेको छ । अमेरिकामा बाइडेनको नेतृत्वपछि खासगरी दक्षिण एशिया र नेपालमा त्यसको प्रभाव कस्तो पर्छ भन्नेमा अहिले बहस सुरु भएको छ ।

विश्वकै महाशक्ति राष्ट्र संयुक्त राज्य अमेरिकाले नयाँ राष्ट्रपति पाएको छ । डेमेक्र्याटिक पार्टीका उम्मेदवार जो बाइडेनले महाशक्ति राष्ट्र अमेरिकाको ४६ औं राष्ट्रपति बन्ने अवसर पाएका छन् । ७७ वर्षीय पूर्व उपराष्ट्रपति वाइडेनले वर्तमान राष्ट्रपति रिपव्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पलाई पराजित गरी राष्ट्रपतिको रुपमा ह्वाइट हाउस प्रवेश गर्ने सुनौलो अवसर निकालेका हुन् । बाइडेनको जित र ट्रम्पको हारलाई अनुदारवादी दृष्टिकोणविरुद्ध उदारवादी दृष्टिकोणको जितको रुपमा हेरिएको छ ।

राष्ट्रपतिलाई ट्रम्पको व्यवहारले उनलाई अनुदारवादी नेताको रुपमा चित्रण गरिएको छ । नेता ट्रम्पको कार्यकालमा भएको काला र गोरा जतिबीचको विभेद, अमेरिकी नागरिक र आप्रवासी नागरिकबीचको विभेदपूर्ण व्यवहार र त्यही अनुसार भएका सरकारी निर्णयहरुलाई राष्ट्रपति ट्रम्पको हारको प्रमुख कारण बनेको विश्लेषण गरिएको छ । मतपरिणामसँगै हारलाई स्वीकार्न राष्ट्रपति ट्रम्पलाई भने निकै सकस भएको देखिन्छ ।

उता बाइडनको जितलाई भने जातीय विभेदको अन्त्य गर्ने नारासँगै उपराष्ट्रपतिमा कमला ह्यारिसलाई उम्मेदवार बनाउने डेमेक्र्याटिक पार्टीको सफल रणनीतिको रुपमा हेरिएको छ । उपराष्ट्रपतिमा विजयी ५६ वर्षीय ह्यारिस भारतीय मूलकी महिला हुन । ह्यारिसको आमा भारतीय हुन भने बाबु जमाइकाका कालाजाती हुन । राष्ट्रपतिमा निर्वाचित बाइडेन सन् १९७० मा पहिलो पल्ट न्यू क्यासल क्वाउन्टी काउन्सिलरमा निर्वाचित भएका थिए भने १९७२ मा छैंटौ सबैभन्दा कान्छा सिनेटरमा निर्वाचित भएका थिए । एक कार्यकाल उपराष्ट्रपतिको कार्यभार सम्हालेको अनुभव बाइडेनसँग छ ।

यसरी गोरा जातिको प्रतिनिधित्व गर्दै राष्ट्रपति बाइडेन र आप्रावसीको प्रतिनिधित्व गर्ने उपराष्ट्रपति ह्यारिसको विजयसँगै बनेको संयुक्त नेतृत्वले अबको ५ वर्ष महाशक्ति राष्ट्र अमेरिकामा शासन गर्नेछ । अमेरिकामा भएको यस पटकको निर्वाचनले अमेरिकामा नयाँ रेकर्ड पनि राखेको छ, नयाँ इतिहास रचेको छ । प्रजातन्त्र र मानव अधिकारको पहरेदार राष्ट्रको रुपमा विश्वलाई चिनाएको अमेरिकाले पहिलो पटक महिला उपराष्ट्रपति पाएको छ । सन् १९२० देखि निर्वाचनमा मतदान गर्ने अधिकार पाएका महिलाले, मतदान गर्ने अधिकार पाएको एकसय वर्षमा बल्ल महिला उपराष्ट्रपतिसम्म पाएको छ ।

अमेरिकाको इतिहासमा राष्ट्रपतीय निर्वाचन भएको २३१ वर्षको इतिहासमा पहिलो पटक महिला उपराष्ट्रपति पाएको हो । यसअघिको सबै निर्वाचनमार्फत राष्ट्रपति र उपराष्ट्रपति नै पुरुष मात्र भएका थिए । निर्वाचनमा महिला र नेतृत्वमा महिलाको अवस्थालाई हेर्ने हो भने अमेरिका भन्दा दक्षिण एशिया धेरै अगाडि देखिन्छ । दक्षिण एशियामा महिला राष्ट्रपति र महिला प्रधानमन्त्री भएको इतिहास धेरै पुरानो छ ।

नेपालकै सन्दर्भ जोड्ने हो भने पनि अमेरिकाले महिला उपराष्ट्रपति पाउनु भन्दा पहिले नै नेपालले दुई कार्यकाल महिला राष्ट्रपति पाइसकेको छ । जसले अमेरिका जस्ता विश्व महाशक्ति राष्ट्र सामु राजनीतिमा नेपाली महिलाको उपस्थिति सशक्त देखाएको छ । अमेरिकी निर्वाचनले नयाँ नेतृत्व पाएसँगै अब विश्वलाई हेर्ने अमेरिकी दृष्टिकोण कस्तो हुनेछ ? अहिले सर्वत्र चासोको रुपमा हेरिएको छ । नव निर्वाचित राष्ट्रपति वाइडेनले कोरोना रोकथाम र आर्थिक सुधारलाई पहिलो प्राथमिकता दिने बताएका छन् ।

योसँगै अमेरिकाले अब दक्षिण एशियालाई हेर्ने नीतिकाबारेमा पनि विश्लेषण हुन थालेको छ । मुख्यत अमेरिकाको चासो दक्षिण एशियाको ठूला राष्ट्र चीन र भारत देखिन्छ । ट्रम्पको शासनकालमा भारतसँगको सम्बन्ध अति निकट र चीनसँगको सम्बन्धमा केही चिसोपन देखिन्छ । नेपाल र अमेरिकाबीच पुरानो दौत्य सम्बन्ध रहे पनि भारतको आँखाबाट अमेरिकाले नेपाललाई हेर्दै आएको छ । अमेरिका चीन र भारतबीचको सम्बन्ध कमजोर भएको देख्न चाहन्छ तर भारत अमेरिकासँग सम्बन्ध नजिक भए पनि चीनसँगको सम्बन्धलाई पनि बिगार्न चाहँदैन ।

भारतसँग सम्बन्ध बढाएर चीनलाई कमजोर बनाउने अमेरिकी नीतिदेखि भारत आफैं सशंकित छ । अमेरिकाले भारत र चीनलाई हेर्ने नीति अनि भारत र चीन बीचको आगामी सम्बन्धलाई नेपालले बुझ्न सक्नु पर्छ । नेपाल कहिले चीनसँग र कहिले भारतसँग नजिक हुने नीतिमा अघि बढेको देखिन्छ । अमेरिकी नीति विपरीत भारत र चीन सम्बन्ध प्रगाढ बन्दै गयो भने नेपालको अवस्था के हुन्छ ? भन्ने दूर आंकलन गरी नेपालले आफ्नो परराष्ट्र नीतिमा व्यापक सुधार्न आवश्यक छ ।

अबको दिनमा नेपालको लागि सबैभन्दा ठूलो चुनौती यही देखिन्छ । अरुलाई गाली गरेर र शत्रु देखेर नभइ, देशको सम्भावनालाई आधार मानेर आन्तरिक श्रोतको उच्चतम प्रयोग गरी सम्वृद्धिमा जाने नेपालको जोड हुनुपर्छ । आत्मनिर्भर अर्थतन्त्रको विकास गर्दै विश्व मानचित्रमा जोडिने उद्देश्यका साथ नेपालले सुधारिएको परराष्ट्र नीति बनाउन आवश्यक छ । नभए नेपाल महाशक्ति र ठूला राष्ट्रहरुको अगाडि कुहिरोका काग जस्तै हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);