विश्वकै महाशक्ति अमेरिकमा राष्ट्रपतीय चुनावक लागि मतदान हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

विश्वकै महाशक्ति अमेरिकमा राष्ट्रपतीय चुनावक लागि मतदान हुँदै

एजेन्सी, १८ कार्तिक । विश्वकै महाशक्ति अमेरिकमा मंगलबार राष्ट्रपतीय निर्वाचनका लागि मतदान हुदैछ ।

अमेरिकी राष्ट्रपति पदका लागि रिपब्लिकन पार्टीका उम्मेदवार वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनबीच प्रतिस्पर्धा छ । अमेरिकाको ४६ औ राष्ट्रपति हुने दौडमा उमेद्वारहरुले प्रमुख आठवटा मुद्दामा आ–आप्ना नीति अघिसारेका छन् । विश्वमै अहिले पहिलो मुद्दा बनेको कोरोना भाइरस नियन्त्रण र रोकथाम अमेरिकी राष्ट्रपति निर्वाचमा पनि अहंम सवाल बनेको छ ।

कोरोनाबाट सबैभन्दा प्रभावित अमेरिकाको राष्ट्रपति निर्वाचनमा कोरोना नियन्त्रण र रोकथाम सबै भन्दा महत्वपुर्ण रहेको छ । यसैगरी मुलुकको अर्थतन्त्र, विश्व व्यापि जलवायु परिवर्तन ,रोजगारी, स्वास्थ्य , विदेश र विशेष चीनसंगको सम्बन्ध , विदेशमा रहेका अमेरिकी सैनिक, नस्लवाद बन्दुक नीति , सर्वाेच्च अदालतको न्यायाधिश नियुक्तीका सम्बन्ध दुवै उमेद्वारले आ–आफ्ना धारण सार्वजनिक गरेर मतदातालाई आकर्षित गर्ने प्रयास गरिसकेका छन् ।

कूल ३२ करोड जनसंख्या रहेको अमेरिकामा वालिग मताधिकारको संख्या २४ करोड छ । अमेरिकामा मतदान गर्न १८ वर्ष पूरा भएको हुनुपर्छ । हुलाकमार्फत् मतदान गर्न पाउने व्यवस्था र निर्वाचनको मितिभन्दा एक साता अगाडिबाट शुरु हुने पहिल्यै मतदान गर्न पाउने व्यवस्था अर्ली भोटिङ मार्फत करिब नौ करोड ३० लाख नागरिकले मतदान गरिसकेको तथ्यांके छ । यसपटक अमेरिकामा करिब १५ करोड मतदाताले मतदान गर्ने अनुमान गरिएको छ । यो कूल मतदाता संख्याको ६२ प्रतिशत हो । अमेरिकामा राष्ट्रपति बन्न २७० इक्लेक्टोरल भोट ल्याउनुपर्ने हुन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);