डब्ल्यूएचओबाट बाहिरिन अमेरिकाको प्रक्रिया शुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

डब्ल्यूएचओबाट बाहिरिन अमेरिकाको प्रक्रिया शुरु

एजेन्सी, २४ असार । अमेरिकाले विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओबाट बाहिरिन औपचारिक कदम थालेको छ । कोरोनाभाइरस महामारी फैलिएपछि गत मे महिनामा डब्ल्यूएचओबाट बाहिरने राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा अनुसार अमेरिकाले संयुक्त राष्ट्रसंघ र अमेरिकी कंग्रेसलाई यससम्बन्धमा सुचना दिएर औपचारिक कदम थालेको हो ।

राष्ट्रसंघका महासचिव एन्टोनीओ गुटेरसका प्रवक्ता स्टेफान ड्युजरिकले अमेरिकाले सन् २०२१ जुलाई ६ देखि डब्ल्यूचओ परित्याग गर्न सूचना दिएको पुष्टि गर्नु भएको छ । यसैगरी अमेरिकी कंग्रेसले पनि राष्ट्रपतिले अमेरिकालाई डब्ल्यूएचओबाट औपचारिक रूपमा बाहिरिने भनेर दिएको सूचना पाएको जनाएको छ ।

संयुक्त राष्ट्रसंघीय निकाय डब्ल्यूएचओ परित्याग गर्ने र त्यसलाई उपलब्ध गराइने सहयोग रकम अन्य परोपकारी संस्थालाई दिने ट्रम्पको अडान छ । यो प्रक्रिया पूरा गर्न एक वर्षजति लाग्न सक्ने बताइएको छ । चीनले कोरोनाभाइरस महामारी फैलाएको भन्दै ट्रम्पले डब्ल्यूएचओ चीनको दबावमा परेको आरोप लगाउनु भएको थियो ।

यसैबीच आगामी राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बाइडनले आफू राष्ट्रपति बनेको पहिलो दिन अमेरिकाले डब्ल्यूएचओको सदस्यता लिने घोषणा गर्नुभएको छ । डब्ल्यूएचओको प्रमुख दाता अमेरिकाले गत वर्ष ४० करोड डलरभन्दा बढी रकम अर्थात् डब्ल्यूएचओको कुल बजेटको झन्डै १५ प्रतिशत उपलब्ध गराएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);