डब्ल्यूएचओसँग अमेरिकाले सम्बन्ध तोडेको ट्रम्पको घोषणा | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

डब्ल्यूएचओसँग अमेरिकाले सम्बन्ध तोडेको ट्रम्पको घोषणा

trump tv address

एजेन्सी, १७ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओसँग अमेरिकाले सबै सम्बन्ध तोडेको घोषणा गर्नुभएको छ ।

डब्ल्यूएचओ कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न असफल भएको आरोप लगाउँदै ट्रम्पले यसअघि नै अमेरिकाले दिँदै आएको आर्थिक सहयोग बन्द गर्नुभएको थियो । ट्रम्पले ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा डब्ल्यूएचओलाई ब्यापक सुधार गर्न अनुरोध गरिएको तर डब्ल्यूएचओ त्यसमा असफल भएको भन्दै नाता तोडेको बताउनुभयो ।

ट्रम्पले अमेरिकाले डब्ल्यूएचओलाई दिँदै आएको आर्थिक सहयोग अब विश्व जनस्वास्थ्यमा लगाउने पनि उललेख गर्नुभयो । डब्ल्यूएचओले चीनको पक्षपोषण गरेको आरोप दोहोर्याउँदै ट्रम्पले डब्ल्यूएचओ पूर्णरुपमा चीनको नियन्त्रणमा रहेको दाबी गर्नुभयो ।

चीनले बिश्व स्वास्थ्य संगठनलाई अमेरिकाले भन्दा थोरै मात्र आर्थिक सहयोग दिदै आएको छ । कोरोनाका कारण अमेरिका सबैभन्दा बढी प्रताडित बनेको छ । अमेरिकामा १७ लाख ७६ हजारभन्दा बढीमा संक्रमण देखिएको छ भने मृत्यु हुनेको संख्या १ लाख ३ हजार कटेको छ । संक्रमण पुष्टि भएकामध्ये अमेरिकामा ४ लाख ९८ हजार निको भएका छन् । बिश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५९ लाख ९१ हजार नाघेको छ ।

कोरोनाबाट विश्वमा ३ लाख ६४ हजार भन्दाबढीको मृत्यु भएको छ । संक्रमण पुष्टि भएकाहरुमध्ये २६ लाख ५ हजार भन्दा बढी निको भएर घर फर्किएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);