विश्वभर कोरोना संक्रमितको संख्या ५९ लाख ९१ हजार नाघ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

विश्वभर कोरोना संक्रमितको संख्या ५९ लाख ९१ हजार नाघ्यो

corona update

एजेन्सी, १७ जेठ ।  विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५९ लाख ९१ हजार नाघेको छ । पछिल्लो विबरण अनुसार विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५९ लाख ९१ हजार ३ सय ३४ पुगेको छ ।

कोरोनाबाट विश्वमा ३ लाख ६४ हजार भन्दाबढीको मृत्यु भएको छ । संक्रमण पुष्टि भएकाहरुमध्ये २६ लाख ५ हजार भन्दा बढी निको भएर घर फर्किएका छन् । कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा धेरै अमेरिकामा १७ लाख ७६ हजारभन्दा बढीमा संक्रमण देखिएको छ भने मृत्यु हुनेको संख्या १ लाख ३ हजार कटेको छ।

संक्रमण पुष्टि भएकामध्ये अमेरिकामा करिब ४ लाख ९८ हजार निको भएका छन् । अमेरिकापछि ब्राजिलमा अहिलेसम्म ४ लाख ३८ हजार भन्दा संक्रमण देखिएको छ । ब्राजिलमा मृत्यु हुनेको संख्या २६ हजार ७ सय पुगेको छ ।

त्यस्तै रुसमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ लाख ७९ हजारभन्दा बढी पुगेको छ भने अहिलेसम्म ४ हजार १ सय बढीको मृत्यु भएको छ । बेलायतमा ३७ हजार ४ सय ६० जनाको मृत्यु भएको छ । छिमेकी मुलुक भारतमा पनि कोरोना संक्रमण तीव्र रुपमा फैलिरहेको छ ।

भारतमा १ लाख ६५ हजार भन्दा बढीमा संक्रमण देखिएको छ भने ४ हजार ७ सय भन्दा बढीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाउन विश्वका विभिन्न देशहरु लागिरहेका छन । तर अहिलेसम्म ठोस सफलता भने हात परेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);