विश्वभर कोरोना संक्रमितको संख्या ६८ लाख भन्दा बढी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

विश्वभर कोरोना संक्रमितको संख्या ६८ लाख भन्दा बढी

corona update

एजेन्सी, २४ जेठ । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६८ लाख पुगेको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो विबरण अनुसार विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६८ लाख ४४ हजार नाघेको छ ।

कोरोनाबाट विश्वमा ३ लाख ९८ हजारभन्दा बढीको मृत्यु भएको छ । संक्रमण पुष्टि भएकाहरुमध्ये ३३ लाख ४८ हजार बढी निको भएर घर फर्किएका छन् ।

कोरोना भाइरसबाट सबैभन्दा धेरै अमेरिकामा १९ लाख ६५ हजार संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या १ लाख ११ हजार नाघेको छ ।

संक्रमण पुष्टि भएकामध्ये अमेरिकामा करिब ७ लाख ३८ हजार निको भएका छन् । अमेरिकापछि ब्राजिलमा अहिलेसम्म ६ लाख ४६ हजार भन्दा बढीमा संक्रमण देखिएको छ ।

ब्राजिलमा मृत्यु हुनेको संख्या ३५ हजार नाघेको छ । त्यस्तै रुसमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख ४९ हजार पुगेको छ भने अहिलेसम्म ५ हजार बढीको मृत्यु भएको छ ।

बेलायतमा कोरोनाका कारण ४० हजार २ सय ६१ जनाको मृत्यु भएको छ । छिमेकी मुलुक भारतमा २ लाख ३६ हजार संक्रमित भएका छन् भने ६ हजार ६ सय भन्दा बढीको संक्रमणबाट मृत्यु भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);