सार्वजनिक स्थानमा मास्क लगाउन डब्लुएचओको सुझाव | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सार्वजनिक स्थानमा मास्क लगाउन डब्लुएचओको सुझाव

WHOL

एजेन्सी, २४ जेठ । विश्व स्वास्थ्य संगठन डब्लुएचओले भीडभाड र सार्वजनिक स्थलमा जाँदा अनुहार छोप्ने मास्क प्रयोग गर्न सुझाव दिएको छ । कोरोना भाइरसको महामारी अझै नियन्त्रणमा नआइसकेकाले अनुहार छोप्ने मास्क अनिवार्य प्रयोग गर्न डब्लुएचओले सुझाव दिएको हो ।

डब्लुएचओले स्वास्थ्यकर्मी र संक्रमितहरुले समेत मेडिकल मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने बताएको छ । डब्लुएचओले फेस मास्क कोरोना नियन्त्रणका लागि अपनाइने विधिमध्ये एक दायरा भएकाले सबैले अनिवार्य रुपमा लगाउने व्यवस्था मिलाउन भनेको छ ।

कोरोनाको संक्रमणलाई मास्कले बचाउन नसक्ने भएपनि प्राथमिक सुरक्षाका लागि यसको प्रयोग अनिवार्य भएको डब्लुएचओको दावी छ । डब्लुएचओले मास्क लगाएर कोरोनाका जिवाणु फैलावटलाई केही हदसम्म न्यूनिकरण गर्न सकिने जनाएको छ ।

दूरी कायम गर्न नसकिने स्थानमा अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्ने डब्लुएचओको तर्क छ । डब्लुएचओले जारी गरेको मास्कसम्बन्धी नयाँ निर्देशिका यही जुन १५ देखि लागू हुने बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);