डब्लुएचओद्वारा चिनियाँ कम्पनी सिनोफार्मको कोरोना खोपलाई प्रयोगकाे अनुमति | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

डब्लुएचओद्वारा चिनियाँ कम्पनी सिनोफार्मको कोरोना खोपलाई प्रयोगकाे अनुमति

एजेन्सी । विश्व स्वास्थ्य संगठन डब्लुएचओले चिनियाँ कम्पनी सिनोफार्मले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपलाई प्रयोग अनुमति प्रदान गरेको छ ।

डब्लुएचओले सिनोफार्म खोप सुरक्षित, प्रभावकारी र गुणस्तरीय रहेको भन्दै स्वीकृति दिएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । चीन सरकारको स्वामित्वमा रहेको कम्पनी सिनोफार्मले उत्पादन गरेको खोप डब्लुएचओको अनुमति पाउने पश्चिमा देशभन्दा बाहिरको पहिलो हो ।

सिनोफार्मले उत्पादन गरेको खोप यसअघि नै चीनसहित विश्वका विभिन्न देशमा दशौँ लाखलाई लगाइ सकिएको छ ।

डब्लुएचओले यसअघि फाइजर, एस्ट्राजेनेका, जोन्सन एण्ड जोन्सन र मोदेर्नाको खोपलाई मात्रै स्वीकृति प्रदान गरेको थियो । तर विभिन्न देशका नियामक निकायहरु, विशेष गरि अफ्रिका, ल्याटिन अमेरिका र एसियाका गरिब देशहरुले चिनियाँ खोपलाई प्रयोगका लागि स्वीकृति दिएका थिए ।

सिनोफार्मको खोप १८ वर्ष माथिका लागि दुई मात्रा दिनु पर्ने उल्लेख छ । यसको प्रभावकारीता ७९ प्रतिशत रहेको उत्पादकले बताएको छ ।

अब केही समयमा सिनोभाकले उत्पादन गरेको अर्को चिनियाँ खोपले पनि स्वीकृति पाउने सम्भावना छ । यस्तै रुसी खोप स्पुट्नीकका सम्बन्धमा मुल्यांकन जारी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);