चिनियाँ कम्पनी सिनोफार्मले निर्माण गरेको कोरोनाविरुद्धको खोपलाई भियतनाममा प्रयोग अनुमती | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८०, बिहीबार

चिनियाँ कम्पनी सिनोफार्मले निर्माण गरेको कोरोनाविरुद्धको खोपलाई भियतनाममा प्रयोग अनुमती

एजेन्सी । भियतनामले चिनियाँ कम्पनी सिनोफार्मले निर्माण गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ ।

भियतनामका उपस्वास्थ्य मन्त्री टुओङ क्वोक कुओङले सिनोफार्मको खोपलाई स्वीकृति दिएको जानकारी दिए। भियतनामले यसअघि अस्ट्राजेनिका र स्पुतनिक भी खोपलाई अनुमति दिइसकेको छ ।

गत अप्रिल महिनाको अन्त्यदेखि भियतनाममा कोभिड–१९ को संक्रमण बढ्दै गएको छ । यस्तै भियतनाममा भाइरसको नयाँ भेरियन्ट नै भेटिएको छ । शुक्रबारसम्म भियतनाममा गत अप्रिल २७ यता करिब पाँच हजार व्यक्तिमा कोभिड १९ संक्रमण पुष्टि भएको छ ।

सिनोफार्मको कोभिड–१९ विरुद्धको खोपलाई विश्व स्वास्थ्य संगठनले आपतकालीन प्रयोगका लागि गत मे महिनामा अनुमति दिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);