कोरोनाविरुद्धको चिनियाँ खोपलाई नेपालको अनुमति | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

कोरोनाविरुद्धको चिनियाँ खोपलाई नेपालको अनुमति

काठमाडाैं, ६ फागुन । चिनियाँ कम्पनीले विकास गरेको कोरोना भाइरसविरूद्धको भेरोसेल नामक खोपलाई पनि नेपालले आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ ।

औषधि व्यवस्था विभागले बुधबार सूचना जारी गर्दै चिनियाँ कम्पनी बेजिङ इन्स्टिच्युट अफ बाइलोजिकल प्रोडक्टले विकास गरेको भेरोसेललाई आपतकालिन प्रयोगको अनुमति दिइएको जानकारी गराएको छ ।

यस खोपको विश्वसनीयता ७९ प्रतिशतसम्म रहेको बताइएको छ । यसअघि भारतमा विकास गरिएको कोभिसिल्ड नामक खोपले नेपालले पहिलो पटक अनुमति पाएको थियो । भारतले १० ला डोज अनुदानमा दिएको कोभिसिल्ड खोप नै अहिले सरकारले विभिन्न चरणमा लगाउन अभियान सञ्चालन गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);