सिनोफार्मले बनाएको कोरोना विरुद्धको खोप प्रयोग गर्न चीन सरकारको अनुमति | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सिनोफार्मले बनाएको कोरोना विरुद्धको खोप प्रयोग गर्न चीन सरकारको अनुमति

एजेन्सी, १६ पुष। चीन सरकारले सिनोफार्म कम्पनीले बनाएको कोरोना विरुद्धको खोपलाई अनुमति दिएको छ ।चिनियाँ कम्पनी सिनोफार्मले ७९ प्रतिशत प्रभावकरीता रहेको भनेर जनाएको उक्त खोपलाई चीन सरकारले अनुमति दिएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

अनुमतिसंगै एसियामा फैलिएको कोरोना भाइरसको प्रभाव घटाउन यो खोप महत्वपूर्ण पाइला हुने चिनियाँ अधिकारीहरुले बताएका छन् । यसअघि नै सिनोफार्मद्वारा तयार पारिएको उक्त खोप आपतकालीन प्रयोग अन्तर्गत ४५ लाख चिनियाँ नागरिकलाई दिइसकिएको छ ।

खोप दिइएकाहरुमा खासगरी स्वास्थ्यकर्मी र विदेशमा काम गर्न जाने चिनियाँ नागरिक रहेका चिनियाँ स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । सिनोफार्मले आफूले विकास गरेको खोप ७९ दशमलब ३४ प्रतिशत सफल रहेको घोषणा गरेपछि सरकारले प्रयोगका लागि अनुमति दिएको हो । चिनियाँ स्वास्थ्य प्रशासनका उप आयुक्त चेन सिफीले सिनोफार्मको खोपलाई ‘सःशर्त’ अनुमति दिइएको जानकारी दिनुभयो ।

अब सिनोफार्मले यो खोपलाई बजारमा बिक्री गर्न पनि अनुमति पाएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका उपमन्त्री झेङ यिछिनले सिनोफार्मका खोपहरु वृद्धवृद्धा र अरु जोखिममा परेका नागरिकलाई निःशुल्क प्रदान गरिने जानकारी दिनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);