ईयूबाट बाहिरिएपछि नयाँ युगको सुरुवात भयो : प्रधानमन्त्री जोनसन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

ईयूबाट बाहिरिएपछि नयाँ युगको सुरुवात भयो : प्रधानमन्त्री जोनसन

boris hongkong

एजेन्सी, १७ पुष । युरोपियन युनियनसँग ब्रेक्जिट सहमतिबाट औपचारिक रुपमा बाहिरिएसँगै बेलायतका लागि नयाँ युग सरु भएको बताइएको छ । यात्रा, व्यापार, अध्यागमन र सुरक्षा सहयोगको प्रतिस्थापनको व्यवस्था लागू भएपछि बेलायत ईयूबाट स्वतन्त्र भएको जनाइएको छ ।

प्रधानमन्त्री बोरिस जोनसनले बेलायत ब्रेक्जिटबारे निर्णय गर्न स्वतन्त्र रहेकाले लामो छलफलपछि निर्णयमा पुगेको बताउनुभएको छ । नयाँ वर्ष सन २०२१को शुभकामना सन्देशमा प्रधानमन्त्री जोनसनले ईयूसँग ब्रेक्जिट सम्भौता तोडिएपनि दुवै पक्षले स्वतन्त्र रुपमा व्यापारमा सहभागी हुन पाउने बताउनुभयो ।

बेलायतले ईयूबाट बाहिरिएपछि नयाँ युगको शुरुवात भएको पनि जनाएको छ । प्रधानमन्त्री जोनसनले केही हप्ता नयाँ नियमहरु कार्यान्वयनमा नआएसम्म सीमाहरुमा केही समस्या भएपनि चाँडै हल गर्ने जनाउनुभएको छ ।

नयाँ व्यवस्था अनुसार बेलायतका उत्पादनहरु ईयूको आन्तरिक बजारमा लैजान कुनै अतिरिक्त शुल्क तिर्नुपर्ने छैन । बेलायत र ईयू आवद्ध राष्ट्रहरुमा हुने व्यापारमा थप कर नलगाउने सहमति भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);