वार्तामा ठोस प्रगति नभए ब्रेक्जिट वार्ताबाट बेलायत अलग हुने प्रधानमन्त्री जोनसनको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

वार्तामा ठोस प्रगति नभए ब्रेक्जिट वार्ताबाट बेलायत अलग हुने प्रधानमन्त्री जोनसनको चेतावनी

boris johnson

एजेन्सी,२२ भदाै। बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले युरोपेली युनियन इयूसँग जारी वार्तामा आगामी अक्टोबर १५ भित्र ठोस प्रगति नभए ब्रेक्जिट वार्ताबाट अलग हुने चेतावनी दिनु भएको छ ।युरोपेली युनियनबाट बेलायतको बहिर्गमनका सन्दर्भमा युनियनसँग कुनै सम्झौता नभए पनि त्यो बेलायतका लागि फलदायी हुने प्रधानमन्त्री जोनसनको भनाई छ ।

केहीदिन यता बेलायती अधिकारीहरु र युरोपेली युनियनका वार्ताकारहरुबीच ब्रेक्जिटपछि बेलायत र युरोपेली युनियनबीचको व्यापार तथा अन्य विषयमा वार्ता भइरहेको छ । तर वार्तामा ठोस प्रगति भने हुन नसकेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

दुबै पक्ष आ–आफ्ना अडानमा रहेकाले पनि वार्तामा प्रगति हुन नसकेको जनाइएको छ । प्रधानमन्त्री जोन्सनले युरोपेली वार्ताकारहरुले आफ्नो अडानमाथि पुनर्विचार नगरे बेलायतले युरोपेली युनियनसँग वार्ता गर्नुको कुनै अर्थ नहुने पनि बताउनुभएको छ । तर यूरोपेली युनियनले बेलायत वार्तामा गम्भीर नभएको आरोप लगाएको छ ।

बेलायत गत जनवरी ३१ मा युनियनबाट बाहिरिएको थियो । युनियनमा हाल २७ मुलुक सदस्य छन् ।राजनीतिक रुपमा ब्रेक्जिटमा सहमति भए पनि ११ महिनाको संक्रमणकाल अवधि आगामी डिसेम्बर ३१ मा समाप्त हुँदैछ । बेलायतले युरोपेली युिनयनले अनावश्यक शर्तहरु अघि सारेको पनि बताएको छ । बेलायत ब्रेजिक्टबाट बाहिरिएपनि केही प्रक्रिया भने बाँकी रहेका जनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);