बेलायतको बर्हिगमनसम्बन्धी वार्ताको नेतृत्व गरिरहेका मन्त्री डेभिसद्वारा राजीनामा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बेलायतको बर्हिगमनसम्बन्धी वार्ताको नेतृत्व गरिरहेका मन्त्री डेभिसद्वारा राजीनामा

mantri devis

एजेन्सी, २५ असार । युरोपेली संघबाट बेलायतको बर्हिगमनसम्बन्धी वार्ता गर्ने जिम्मेवारी पाएका मन्त्री डेभिड डेभिसले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

प्रधानमन्त्री थेरेसा मेको मन्त्रिपरिषद्ले युरोपियन युनियनसँगको भावी व्यापार सम्बन्धबारे नयाँ प्रस्तावमा सहमति जनाएको दुई दिनपछि मन्त्री डेभिसले राजीनामा दिएका हुन् । सो प्रस्तावलाई बहिर्गमन पक्षधरहरूले धेरै नरम भनेका छन् । डेभिसका सहायकमन्त्री स्टिभ बेकरले पनि राजिनामा दिएका छन् ।

मन्त्री डेभिसको राजीनामाले प्रधानमन्त्री मेको योजनामा ठूलो धक्का लाग्ने बीबीसीले जनाएको छ । युरोपियन युनियनसँग वार्ता गर्ने जिम्मेवारीसहित डेभिस सन् २०१६ मा मन्त्री नियुक्त भएका थिए । युरोपियन युनियनबाट बेलायत अलग हुनुपर्ने पक्षधरहरुले डेभिसको राजीनामा सम्मानजनक र साहसिक निर्णय भएको भन्दै प्रशंसा गरेका छन् ।

प्रधानमन्त्री मेले तयार पारेको प्रस्ताव कमजोर रहेको भन्दै डेभिसले असहमति जनाएका थिए । मन्त्री डेभिसको राजिनामापछि लेबर पार्टीका प्रमुख इयान लेभरीले प्रधानमन्त्री मेसँग अब कुनै सामथ्र्य बाँकी नरहेको बताएका छन् । मन्त्री डेभिसले ब्रेक्जिट वार्ताहरूमा प्रधानमन्त्री मेको अडानलाई लिएर धेरै पटक राजीनामा दिने चेतावनी दिएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);