डुवानमा परी ७५ भन्दा बढीको मृत्यु, दर्जनौं बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

असार ३ २०८३, बिहीबार

डुवानमा परी ७५ भन्दा बढीको मृत्यु, दर्जनौं बेपत्ता

एजेन्सी, २४ असार । जापानको पश्चिम दक्षिण क्षेत्रमा परेको भीषण बर्षा पछि आएको बाढी र पहिरोका कारण लाखौं मानिस प्रभावित भएका छन् ।

बिगत पाँच दिनदेखिको भारी बर्षापछि आएको बाढी, पहिरो र डुवानमा परी ७५ जना भन्दा बढीको मृत्यु भएको छ भने दर्जनौ मानिसहरु बेपत्ता भएका छन् ।

जापानका जनता बुधवारदेखि नै जारी भीषण बर्षापछि आएको बाढी र पहिरोबाट हैरानी भएका छन् । नदीमा पानीको बहाव बढ्दै गएपछि घरहरु डुवानमा परेका हुन् भने सडकमाथिबाट समेत पानी बग्न थालेपछि लाखौं मानिसहरु ज्यान जोगाउन सुरक्षित स्थानतर्फ प्रस्थान गरेका छन् ।

यो प्राकृतिक बिपत्तीमा ३० लाख भन्दा बढी मानिस प्रभाबित बनेका छन् । १६ लाख भन्दा बढी जापानीहरुलाई उनीहरुको घरबाट सुुरक्षित स्थानमा लगिएको छ । द जापान टाइम्सले दिएको बिवरणमा बाढी पहिरोबाट जनजीवन अस्तव्यस्त बनेको छ ।

मौषम बिभागले खतराको संकेत जारी गर्दै बर्षाबाट हुुने क्षति कम गर्न सम्बद्ध सबैको ध्यानाकर्षण गराएको छ । बाढी पहिरोमा परी थुप्रैले ज्यान गुमाएका छन् । कैयौ ब्यक्तिहरु बेपत्ता छन् । मर्ने र बेपत्ता हुुनेहरुमध्ये हिरोसिमा र मोटोयामाका बासिन्दाहरु बढी छन् ।

जापानका प्रधानमन्त्री सिंजो आवेले संकटको यो घडीमा सबैलाई धैर्य धारण गर्दै प्राकृतिक बिपत्तीको सामना गर्न आग्रह गरेका छन् । उद्धारका लागि सरकारले आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको जनाएको छ ।

उद्धारमा संलग्न उद्धारकर्ताहरुले सयौं बेपत्ता भएकाहरुलाई बचाउन सफल भएपनि थुुप्रै मानिसहरु अझै हराइरहेको जनाइएको छ । उद्धारका निम्ति रेडक्रस स्थानीय बिभिन्न संघ संस्थाहरुका ब्यक्तिहरु, प्रहरी र सेना परिचालन गरिएको छ ।

बाढी पहिरोमा पुुरिएर हराएका मानिसहरुलाई खोजी गर्नु र पीडितसमक्ष राहत पुु¥याउनु चुनौतीपूर्ण रहेको उद्धारमा संलग्न ब्यक्तिहरुको भनाइ छ ।

उद्धारका निम्ति हेलिकप्टर पनि प्रयोग भइरहेको छ । केही दिन अझै पानी पर्ने मेट्रोलोजिकल एजेन्सीको जानकारी पश्चात अझै २० लाख मानिसहरुलाई घर छोड्न सल्लाह दिइएको छ । डुवानले रेल्वे सेवा, विद्यालय र कलेज बन्द हुँदा बिद्यार्थीहरुको पठनपाठन अवरुद्ध बनेको छ ।

ताजा समाचार