बाढी-पहिरोका कारण देशभर १८ जनाको मृत्यु, ७ बेपत्ता (अपडेट) | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८०, बिहीबार

बाढी-पहिरोका कारण देशभर १८ जनाको मृत्यु, ७ बेपत्ता (अपडेट)

badhi-pahiro news

काठमाडौं, २८ असार । बिहीबारदेखिको लगातार बर्षापछि आएको बाढी पहिरोका कारण १७ जनाको मृत्यु भएको छ । गृहमन्त्रालयका अनुसार बाढी र पहिरोका कारण ८ जिल्लामा १८ जनाको मृत्यु भएको हो ।

लगातारको झरीपछि आएको पहिरोमा परी रामेछापमा एक जना, काडमाडौंको मुलपानीमा पर्खाल भत्किदा ३ जना, खोटाङमा ३ जना, झरीकै कारण काभ्रेमा २, भोजपुरमा २, ललितपुरमा एक र सिन्धुलीमा एक जनाको मृत्यु भएको छ।

त्यस्तै खोटाङमा भने ३ जना बेपत्ता भएका छन् । बर्षा पछि आएको बाढीले तराइका बिभिन्न जिल्ला डुवानमा परेका छन् । पहिरो जाँदा बिभिन्न राजमार्ग अवरुद्ध भएका छन् ।

द्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाबाट विशेष टिम परिचालन गरिएको छ । उपत्यकामा डुबान भएका क्षेत्रमा डुंगासहित नेपाली सेना र सशस्त्र प्रहरीको टोली खटिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);