बाढी-पहिरोका कारण ६ जनाको मृत्यु, तराइका बिभिन्न भाग डुवानमा, राजमार्ग अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

बाढी-पहिरोका कारण ६ जनाको मृत्यु, तराइका बिभिन्न भाग डुवानमा, राजमार्ग अवरुद्ध

badi

काठमाडौं, २७ असार । बिहीबारदेखिको लगातार बर्षापछि आएको बाढी पहिरोका कारण ६ जनाको मृत्यु भएको छ । गृहमन्त्रालयका अनुसार बाढी र पहिरोका कारण ४ जिल्लामा ६ जनाको मृत्यु भएको हो ।

लगातारको झरीपछि आएको पहिरोमा परी रामेछापमा एक जनाको मृत्यु भएको छ । यस्तै झरीकै कारण काभ्रेमा २, ललितपुरमा एक र सिन्धुलीमा एक जनाको मृत्यु भएको छ। त्यस्तै खोटाङमा भने ३ जना बेपत्ता भएका छन् ।

बर्षा पछि आएको बाढीले तराइका बिभिन्न जिल्ला डुवानमा परेका छन् भने पहिरो जाँदा बिभिन्न राजमार्ग अवरुद्ध भएका छन् । रौतहटमा बाढीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बन्न पुगेको छ भने लाल बकैया नदीले बन्जरहाको बाँध कटान गर्दा आधा दर्जन बस्ती डुवानमा परेका छन् ।

त्यसैगरी बाढीले मोरङका बिभिन्न स्थान डुवानमा परेका छन् । शुक्रवार रंगेलीमा देउरिया खोलाले बगाउँदा एक युवक बेपत्ता भएका छन् । पहिरोले रामेछापको सदरमुकाम जोड्ने खुर्काेट मन्थली सडक खण्ड अवरुद्ध भएको छ ।

बिपी राजमार्ग अन्तरगत खनियाँखर्कको सोलाभञ्ज्याङमा पहिरो खस्दा सवारी आवागमन बन्द भएको छ ।ओखलढंगाको मानेभञ्ज्याङमा बाढीले सडक छेकिएपछि सयौं यात्री अलपत्र परेका जनाइएको छ । त्यसैगरी अबिरल बर्षाका कारण धनकुटाको हिले भोजपुर सडकखण्ड अवरुद्ध भएको छ । बर्षाका कारण सिद्धार्थ र पृथ्बी राजमार्ग पनि अवरुद्ध भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);