बाढी पहिरोबाट पुगेको क्षतिप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त, मृतक परिवारप्रति समवेदना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

बाढी पहिरोबाट पुगेको क्षतिप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त, मृतक परिवारप्रति समवेदना

kp oli

काठमाडौं, २७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी पहिरोबाट पुगेको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतक परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटरमा ट्वीट गर्दै राहत र उद्धारका काम तदारुकताका साथ गर्न आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको पनि उल्लेख गर्नुभएको छ ।

यस्तै प्रधानमन्त्री ओलीले पूर्व सूचना प्रणालीलाई अझ बढी प्रभावकारी बनाउन सम्बन्धित मन्त्रालय सक्रिय रहेको पनि बताउनुभएको छ ।

ओलीले सर्लाहीस्थित भारतसँगको सीमा क्षेत्रमा दुई देशबीच समन्वय गरी नदीको बहाव खुलाउने काम भइरहेको बताउनुभएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);