प्रतिनिधिसभा सांसद सिवा पहाडीको निधन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

प्रतिनिधिसभा सांसद सिवा पहाडीको निधन

काठमाडौं, २८ असोज । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाकी प्रतिनिधिसभा सदस्य सानु सिवा पहाडीको निधन भएको छ।

लामो समयदेखि मिर्गौला र मुटुको समस्याबाट पीडित पहाडीको उपचारका क्रममा आज काठमाडौं मेडिकल कलेजमा निधन भएको हो।
पहाडीको दुवै मिर्गौलाले काम गर्न छोडेपछि प्रत्यारोपणसमेत गरिएको थियो।

पहाडीले नेकपाको जनसांस्कृतिक संगठनमा आबद्ध भएर लामो समय काम गर्नुभएको थियो ।

पहाडीको निधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गर्नुभएको छ । उहाँले ट्विटरमा लेख्नुभएको छ, ‘हाम्रो पार्टी नेकपाका तर्फबाट प्रतिनिधिसभा सदस्य, संस्कृतिकर्मी सानु शिवा पहाडीको असामयिक निधन भएकाेमा दु:ख लागेको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त आफन्त र परिवारजनमा गहिराे समवेदना व्यक्त गर्दछु ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);