अव कर्णालीका सरकारी कार्यालयमा फेसबुक बन्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अव कर्णालीका सरकारी कार्यालयमा फेसबुक बन्द

facebook banda

काठमाडौं, १२ चैत । कर्णाली प्रदेशका सरकारी कार्यालयमा मंगलबारदेखि फेसबुक बन्द गरिने भएको छ । आइतबार इन्टरनेट सेवा प्रदायक कम्पनीसँग छलफल गरी मंगलबारदेखि बन्द गर्ने प्रदेश सरकारले तयारी गरेको छ ।

‘सबै इन्टरनेट सेवा प्रदायक कम्पनीलाई सोमबार पत्र पठाएर मंगलबारदेखि बन्द गरिनेछ,’ मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका प्रमुख स्वकीय सचिव सुरेश पहाडीले भने । मुख्यमन्त्री शाहीले आइतबार कर्णालीको राजधानी सुर्खेतमा इन्टरनेट सेवा प्रदायक कम्पनीसँग छलफल गरेर जानकारी लिएका छन् ।

यहाँ नेपाल टेलिकम, वल्डलिंक, सुबिसु, टेक माइन्ड र सुर्खेत केवल नेटले इन्टरनेट सेवा उपलब्ध गराउँदै आएका छन् । सरकारी कर्मचारी कार्यालय समयमा काम नगरी फेसबुक चलाइराख्ने गरेको गुनासो आएपछि बन्द गर्न लागिएको पहाडीको भनाइ छ ।,यो खबर आजको नयाँ पत्रिकामा छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);