देशभरको इन्टरनेट र टेलिभिजन सेवा बन्द गर्ने चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

देशभरको इन्टरनेट र टेलिभिजन सेवा बन्द गर्ने चेतावनी

काठमाडाैं, २७ बैशाख । इन्टरनेट तथा टीभी सेवा प्रदायक संघ, संस्थाहरुले नेपाल विद्युत प्राधिकरणले चर्को महशुल लगाएको उल्लेख गर्दै आफ्ना सबै सेवाहरु बन्द गर्ने चेतावनी दिएको छ । नेपाल विद्युत प्राधिकरणले पोलको समेत रेट समेत बढाएपछि आक्रोशित भएका इन्टरनेट तथा टीभी सेवा प्रदायक संघ, संस्थाहरुले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्ना सेवाहरु बन्द गर्नुपर्ने अवस्था आएको जानकारी गराएका हुन ।

५० रुपैयाँ तिर्दै आएको पोलको भाडा १४ हजार भन्दा बढि पु¥याएपछि आफ्ना सबै सेवाहरु बन्द गर्ने अवस्था आएको इन्टरनेट तथा टीभी सेवा प्रदायक समन्वय समितिका संयोजक दिनेश सुवेदीले जानकारी दिनु भयो ।

नेपाल विद्युत प्राधिकरणले वृद्धि गरेको महशुल निकै चर्को भएको र आफूहरुले तिर्न नसक्ने बताउँदै आएका टीभी तथा इन्टरनेट सेवा प्रदायक संघ, संस्थाहरुले आफ्ना सेवा बन्द गर्ने अवस्था आएकोतर्फ सरकारको गम्भिर ध्यानाकर्षण गराएका हुन् ।

समितिका संयोजक सुवेदीले ३५ अरव बढि लगानी गरेका केवल टीभी संचालकहरुलाई मारमा पार्ने गरी सेवा शुल्क लिने काम गरेको भन्दै आपत्ति पनि जनाउनु भयो ।

नेपाल विद्युत प्राधिकरणले एकलौटी भाडा वृद्धि गरेको र त्यसलाई पुनरावलोकन गर्न प्रधानमन्त्री, अर्थमन्त्री र उर्जामन्त्रीलाई ज्ञापन पत्र बुझाउँदा पनि वेवास्ता गरिएको इन्टरनेट तथा केवल टीभी संचालनहरुको गुनासो छ ।

ती संस्थाहरुले तार काटेर आफ्नो सेवा बन्द गरे सम्पूर्ण ईन्टरनेट तथा संचार माध्यामहरु प्रभावित हुनेछन । संयोजक सुवेदीले ५० रुपैयाँ तिर्नुपर्ने पोलको भाडादर १४ हजार ५ सय किन ? पु¥याएको भनि सरकारलाई प्रश्न पनि गर्नु भयो ।

नेपाल केवल टेलिभिजन महासंघ, इन्टरनेट सेवा प्रदायक संघ र डिश मिडिया नेटवर्क लिमिटेड आवद्ध रहेको सो समन्वय समितिले नेपाल विद्युत प्राधिकरणले पछिल्लो पटक तोकेको चर्को मूल्य नघटाए सरकारविरुद्धनै कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);