१३ जिल्लाका विभिन्न स्थानमा कुनै पनि बेला इन्टरनेट बन्द हुन सक्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

१३ जिल्लाका विभिन्न स्थानमा कुनै पनि बेला इन्टरनेट बन्द हुन सक्ने

काठमाडौं । इन्टरनेट सेवा प्रदायक संघले मुलुकका विभिन्न जिल्लामा कुनै पनि बेलामा इन्टरनेट सेवा बन्द हुन सक्ने जानकारी गराएको छ । इन्टरनेट सेवा प्रदायक संघले मुलुकका विभिन्न जिल्लाका १३ स्थानमा पनि बेलामा इन्टरनेट सेवा बन्द हुन सक्ने अत्यन्त जरुरी सूचनामार्फत जानकारी गराएको हो । नेपाल विद्युत प्राधिकरणले पोलभाडा सम्बन्धमा उच्च स्तरिय समितिले दिएको प्रतिवेदन विपरित इन्टरनेट प्वाइन्ट – डाटा सेन्टर , पिओपी र दूरसञ्चार उपकरण चलिरहेका ठाउँमा घरबेटी समेतको विद्युत लाईन काट्ने थालेको हुनाले विभिन्न जिल्लाका १३ स्थानमा कुनैपनि बेलामा इन्टरनेट सेवा बन्द हुन सक्ने संघको भनाइ छ ।

नेपाल विद्युत प्राधिकरणले विद्युत लाईन काट्नाले त्यहाँ ब्याकअप सिस्टमको प्रयोग भइरहेकोले मात्र अहिले इन्टरनेट चलिरहेको अवस्था भएको संघले जनाएको छ । अहिले ब्याकअप सिस्टमबाट इन्टरनेट चलिरहेका इलाम ,बिराटनगर, खोटाङ, गाईघाट,इनरुवा, धरान, दुहवी,लहान,डोटी, भैरहवा, ताँडी, बिराटचोक र रंगेलिमा कुनै पनि समयमा इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने बताइएको छ । सरकारको उच्च स्तरिय समितिको प्रतिवेदन अनुसार इन्टरनेट सेवा प्रदायकहरु पोल भाडा तिर्न तयार रहेको पनि सुचनामा उल्लेख छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);