झापा र इलामका ग्रामिण क्षेत्रमा इन्टरनेट कम्पनीले सर्वसाधारणलाई ठगी गर्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

झापा र इलामका ग्रामिण क्षेत्रमा इन्टरनेट कम्पनीले सर्वसाधारणलाई ठगी गर्दै

झापा, ३ फागुन । झापा र इलामका ग्रामिण क्षेत्रमा इन्टरनेट सेवा प्रदान गर्दैै आएका कम्पनीले सर्वसाधारणलाई ठगी गर्दै आएको पाइएको छ । बिभिन्न केवल नेटर्वक कम्पनीले इन्टरनेट सेवा वापत तोकिएको भन्दा तीन गुणा सम्म बढी रकम असुल गरी ठगी गरेको हो ।

ग्रामिण क्षेत्रका सर्वसाधारणको सोझोपनको फाइदा उठाउँदै इन्टरनेट सेवा प्रदायक कम्पनीले लाखाँै रकम ठगी गरेको पाइएको छ । झापाको मेचीनगर ६ दोकानडाँडामा कार्यालय रहेको इन्जा केवल नेटर्वक प्रालिले ब्रोडलिङ्क ब्राण्डको इन्टरनेट सेवा प्रदान गरेवापत बाहुण्डागी र इलामको रोङ क्षेत्रका करिब ७ सय ग्राहकबाट तोकिएकोभन्दा १० हजार रुपँयासम्म प्रति ग्राहक बढी रकम असुलेको पाइएको हो ।

कम्पनीले १० एमबिपिएस रफ्तारको इन्टरनेट जडान वापत ४५ सय रुपयाँको ठाउँमा १६ हजार पाचँ सय रुपैँया सम्म असुलेको पाईएको छ । करिब सात सय इन्टरनेटको ग्राहक संख्या रहेको कम्पनीले दुइवर्ष अघिबाट ब्यक्तिपिच्छे मनपरी रकम असुलल्दै आएको छ । कम्पनीका संचालक महेन्द्र लावतीले सुरुमा जडान गर्दा लाग्ने ४ हजार पाँच सय रुपैयाँकोे इन्टरनेटलाई १७ हजार ५ सय रुपैँयासम्म असुल गर्ने गरेको स्थानीय उपभोक्ताको भनाई छ ।

बाहुण्डागी र इलामको दक्षिणी क्षेत्रलाई दुइबर्ष अघिसम्म केवल सिग्नल मात्रै दिँदै आएको कम्पनीले अहिले इन्टरनेट सेवा समेत प्रदान गदै आएको छ । तर दुर्गम ठाउँमा इन्टरनेट पुर्याएको बाहाना बनाएर कम्पनीले मनपरी रकम असुल गरेको उपभोत्ताहरुको भनाई छ । त्यती मात्रै होइन वर्षभरीको लागि एकैपटक रकम जम्मा गरेका ग्राहकको समेत रकम असुलेर कम्पनीका संचालक लावती आफैले चलाएकाले हरेक महिनाको अन्तिममा इन्टरनेटको लाइन काटिने गरेको उनिहरुको भनाई छ ।

यस्तै कम्पनीले इन्टरनेट जडान वापत तिरेको रकमको कुनै पनि प्रकारको बिल नदिने गरेको उपभोक्ताको गुनासो छ । यता, इन्जा केवल नेटवर्क कम्पनीका संचालक महेन्द्र लावतीले आफूले गाउँ–गाउँमा इन्टरनेट सुबिधा पुर्याएकाले मनपरी रकम असुलेको बताए । उनले यस बिषयमा कसैको गुनासो भए फाइवरको तार उठाएर सेवा बन्द गर्ने धम्कि समेत दिएका छन् ।

बढ्दो माग र ग्रामिण क्षेत्रका स्थानीयको सोझोपनको फाइदा उठाउदै मनपरी रकम असुली ठगि गर्ने यस्ता कम्पनी उपर नियमनकारी निकायले समयमै नियमन गरी कार्वाही गर्न जरुरी छ । नत्र, सरकारबाट इन्टरनेट सेवा प्रवाहका निमित्त लिएको लाइसेन्सका कारण सोझा नागरिक दैनिक लुटिने छन् भने बैधानिक रुपमा ठगि गर्नेहरुको मनोवल झनै बढ्ने पक्का छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);