इन्टरनेट सेवा प्रभावकारी नहुँदा इलामको नगरपालिकाका सेवाग्राही मर्कामा | ईमाउण्टेन समाचार

Our Network

जेठ २६ २०८३, बुधवार

इन्टरनेट सेवा प्रभावकारी नहुँदा इलामको नगरपालिकाका सेवाग्राही मर्कामा

internet

काठमाडौं,१ माघ । इन्टरनेट सेवा प्रभावकारी नहुँदा इलामको देउमाई नगरपालिकाका सेवाग्राही मर्कामा परेका छन् । नेपाल टेलिकम, सुविसु, ब्रोडलिंकलगायतका सेवाप्रदायक कम्पनीले वितरण गरेको इन्टरनेट सेवा सुस्त भएपछि सेवाग्राही समस्यामा परेका हुन् ।

सेवाप्रदायक कम्पनीले आफूले कबुल गरेअनुसारको स्पिडमा सेवा नदिएर ठगी गरेको कतिपय सेवाग्राहीको आरोप छ । तोकिएको स्पिडमा सेवा नदिने र पटक–पटक सेवा अवरुद्ध भए पनि कम्पनीले पूरा रकम असुल्ने गरेको सेवाग्राहीको गुनासो छ ।

सेवाप्रदायक कम्पनीहरूको बेइमानीका कारण कम्प्युटर इन्स्टिच्युट, साइबर र बैंक तथा वित्तीय संस्थाहरूसमेत प्रभावित हुने गरेका छन् । सेवाग्राहीको गुनासोसँग सेवाप्रदायक कम्पनीका प्राविधिकसमेत पूर्ण सहमत देखिन्छन् ।

सेवाप्रदायक कम्पनीहरूलाई आफूले कबुल गरेअनुसार इन्टरनेट सेवा दिन सेवाग्राहीको माग छ । यससम्बन्धमा नेपाल दूरसञ्चार प्राधिकरणले समेत चासो दिनुपर्ने उनीहरूले बताएका छन् ।

ताजा समाचार

tc-check-https://testdomen.com/

३ घन्टा अघि

Avec Bonus Roulette Manuel: Revue Expert

९ घन्टा अघि

Roulette Wetten Online: Ein Experte Leitfaden

९ घन्टा अघि