५ दिनदेखि तरकारीको मुल्यमा बृद्धि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

५ दिनदेखि तरकारीको मुल्यमा बृद्धि

vegetable-1

काठमाडौं, १ माघ । कालीमाटी फलफूल तथा तरकारी विकास समितिका वरिष्ठ बजार संचालक अधिकृत मनोज घितालले तरकारीको मूल्य बढेको स्वीकारे । उनले झण्डै ५ दिनदेखि तरकारीको मुल्यमा बृद्धि भएको भन्दै त्यसको कारक अविरल वर्षापछि देशका विभिन्न स्थानमा परेको बाढीपहिरो भएको बताए ।

बाढी,पहिरोको तथा लगातारको वर्षाले कारण तरकारी बारीमा कुहिने, बजारसम्म ल्याउन सडक राम्रो नभएको जस्ता कारण तरकारीको मुल्य बढेको उनी बताउँछन् । यद्यपी सबै खालको तरकारीमा भने मुल्य बृद्धि लागू नहुने उनको भनाई छ ।

टमाटर, काउली, गाजर जस्ता दैनिक प्रयोग हुने तरकारीको मुल्य बृद्धि भएको उनी बताउँछन् । कालीमाटीमा काठमाडौ, ललितपुर, भक्तपुर, काभ्रेपलान्चोक, चितवन, धादिङ, पर्सा र मकवानपुरबाट तरकारी आउने गरेको छ । अहिले पनि ति सबै जिल्लाबाट तरकारी नियमित आउन थालेको बताइएको छ ।

तराईबाट ४ प्रतिशत मात्रै तरकारी आउने भएको हुनाले तराईमा बाढीबाट भएको क्षतिले काठमाडौ भित्रिने तरकारीमा खासै समस्या नभएको धितालले बताए ।

तराईको तरकारी खान मान्दैनन्
यसो त तराईबाट ४ प्रतिशत तरकारी आयात हुन्छ । तर तराईको तरकारी उपभोक्ताहरु लान मान्दैनन् । कारण तराईको तरकारीमा स्वाद खासै नहुने र धेरै कुहिने भएको हुँदा पहाडको तरकारीको बढी माग भएको व्यापारीहरुको भनाई छ । यो समयमा निरन्तर रुपमा तराईको तरकारी आएको भए केही मात्रमा मुल्यमा सहज हुने चाहिँ पक्का थियो ।

५ दिनको अवधिमा तरकारीको मुल्य बृद्धि हेर्ने हो भने धेरैमा अहिले सम्म ६३ प्रतिशत तरकारीको मुल्यमा बृद्धि भएको देखिन्छ । बोडीको मुल्य ६३ प्रतिशत बढेको छ भने ३८ प्रतिशत सानो गोलभेडाको । मूल्यसूचिअनुसार कम्तीमा पनि ६ प्रतिशत देखि तरकारीको मुल्यमा बृद्धि भएको देखिन्छ ।
यस्तै रातो आलु, सेतो आलु, सुकेको प्याज, मुला, तितो करेला, लौका, सेतो मुला, पिंडालु, स्कुस, हरियो प्याज, मेथिको साग, तोरीको साग, जिराको साग, कुरीलो, हरियो फर्सी, पाकेको फर्सीको भने मुल्य बृद्धि भएको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);