तिहारको समयमा तरकारीको भाउ महंगो | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

तिहारको समयमा तरकारीको भाउ महंगो

tarkali

काठमाडौं, १३ कात्तिक । नेपालीहरुको दास्रो महान चाड तिहार सकिए पनि बजारमा तरकारीको भाउ घटेको छैन । तिहार मनाउनकै लागि मानिसहरुको चहल पहल कम भए पनि तरकारीको भाउमा अझै कमी भएको छैन । अन्य समय भन्दा तिहारमा चाँहि तरकारीको भाउ उपभोक्ताको ढाड सेक्ने गरी बढेको छ ।

अहिले नेपालीहरुको भान्सा महंगो भएको छ । तर यो पहिलो पटक भने भएको होइन । जब छिमेकीले नाकामा कडा गर्छ तब नेपालीको भान्सा महङ्गो हुन् जान्छ । तिहारमा तरकारी किन्नेहरु उपभोक्ताको संख्यामा कमी आए पनि तरकारी महंगिदा सर्वसाधारण भएका आक्रोसित छन् ।

नेपालीहरुको चाडलाई लक्षित गरेर भारतले आलु र प्याजलाई नाकामा रोकेपछि नेपाली बजारमा आलु र प्याजको भाउ अकासिएको छ । तर अहिले गोलभेडा, साग, मुला र काँक्रोको मूल्य समेत वृद्धि भएको छ । भारतीय नाकामा भएको कडाईका कारण मुल्यमा वृद्धि भएको व्यापारीको भनाई छ ।

चाडवाडका कारण तरकारी बजार सुनसान जस्तै देखिन्छ । किन्नेहरुको संख्यामा कमी भएकोले तरकारी कुहिने गरेको व्यापारीहरुको गुनासो छ । तरकारी कुहिने हुँदा बाँकी रहेको तरकारीमा मुल्य वृद्धि गर्न बाध्य भएको व्यापारीहरु बताउँछन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);