सुनचाँदीको कारोबार दोब्बरले वृद्धि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सुनचाँदीको कारोबार दोब्बरले वृद्धि

gold shop

काठमाडौं, १३ कात्तिक । ओरालो लागेको सुनचाँदीको कारोबार तिहारमा भने फस्टाएको छ । तीज र दशैँमा समेत उत्साहजनक व्यापार नभएको सुनचाँदीको कारोबार तिहारमा भने अपेक्षाभन्दा दोब्बरले वृद्धि भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

तिहारको पाँच दिनको अवधिमामात्रै १० अर्ब रुपैयाँको सुनचाँदी कारोबार भएको छ । यो कारोबार अपेक्षा गरिएको भन्दा दोब्बरले बढी हो । यसपटक ५ अर्ब रुपैयाँको हाराहारीमा मात्र सुनचाँदीको कारोबार हुने अनुमान गरिए पनि दोब्बर बढी कारोबार भएको महासंघले जनाएको छ । सुनचाँदीको वर्षभरिमा हुने कारोबारको २० देखि २५ प्रतिशत तिहारमा हुने गरेको छ । यसपटक ३५ प्रतिशतभन्दा बढी कारोबार भएको व्यवसायीको ठहर छ ।

सुनको भाउ अकस्मात आकाशिएपछि यसको कारोबार सुस्ताएको थियो । तीजको मुखसम्म आइपुग्दा सुन प्रतितोला ७३ हजारसम्म पुगेको थियो । तर, यो क्रमश घट्दै तिहारसम्ममा ७० हजारसम्ममा आइपुगेको थियो । अहिले सुनको भाउ तोलाको ७१ हजार रुपैयाँ र चाँदी ८ सय ६० रुपैयाँ छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);