पाल्पाली ढाका टोपी पसलमा भिड | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

पाल्पाली ढाका टोपी पसलमा भिड

palpali dhaka topi

पाल्पा, १० कात्तिक । ढाकाका लागि परिचित पाल्पामा यतिखेर ढाका पसलहरुमा निकै भिड लागेको छ । भाईटिकाको दिन दाजुभाईहरुलाई टिकासंगै ढाकाको टोपी लगाइदिने प्रचलनले ढाकाका पसलहरुमा महिलाहरुको धेरै भिड लागेको हो ।

पाल्पाका ढाका पसलहरुमा दिदी बहिनीहरुको भिडभाड बढेको छ । तिहार लागेसंगै भाईटिकाको दिन दाजुभाईलाई सप्तरंगी टिकासंगै शिरमा पाल्पाली ढाका टोपी लगाउने प्रचलनले दिदीबहिनीहरु दाजुभाईलाई टोपी किन्न ढाका पसलहरुमा पुगेका हुन् । भाई टिकाको दिन, दिदी बहिनीहरुले दाजुभाईलाई निधारमा सप्तरङ्गि टिका, शरिरमा कहिल्यै नओईलाउने मखमली फुलको माला र पाल्पाली ढाका टोपी लगाईदिने परम्परा नै बनेको छ ।

विगतमा पाल्पाली ढाकाको टोपी र पर्सहरुमा प्रचलनमा थियो भने पछिल्लो समयमा पछ्यौरी, खादा, सारी, अस्टकोट, टाई, दौरा सुरुवाल, दुलाहा पहिरन, सलहरु पनि प्रचलनमा आएको छ । त्यसैले पाल्पामा ढाकाका कालिगढहरुलाई तिहारका लागि भ्याई नभ्याई भएको छ । अन्य बेलामा भन्दा तिहारको समयमा ढाकाका सामग्रीको बिक्री उच्च रहेको व्यापारी शितम भण्डारीले बताउनु भयो ।

तिहारपछि जाडो समय शुरु हुने भएकोले पनि दिदी बहिनी दाजुभाईले शरिरलाई चिसोबाट बचाउन ढाकाका सरसमान उपहार दिने चलन बढ्दै गएको हो । प्रत्येक बर्ष ढाकाको व्यापार बढ्दै गएको छ । दशैँ तिहार मुख्य सिजन भएकोले ९० प्रतिशत टोपीको व्यापार तिहारमा नै हुने गरेको व्यापारीहरुको भनाई छ ।

पाल्पामा प्रतिगोटा ढाका टोपीको मूल्य १ सय रुपियाँ देखि ७ सय रुपियाँ सम्म बिक्री हुने गरेको छ । सामान्य परिवारदेखि उच्च वर्गका व्यक्तिलाई लक्षित गरी ढाकाका सामग्रीहरु उत्पादन हुँदै आएका छन् । पाल्पाको तानसेनमा मात्र १२ वटा ठुला ढाका उद्योग छन् भने जिल्ला भरी नै घरेलु तानबाट ढाका बुन्नेको संख्या दिनहुँ बढिरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);