टोपी दिवश मनाउदै युवाहरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

टोपी दिवश मनाउदै युवाहरु

topi-diwas

काठमाडौं, १७ पुस। अंग्रेजी नयाँबर्षको दिनलाई केही युवाहरुले भने विगत पाँचबर्ष देखि टोपी दिवसको रुपमा मनाइरहेका छन् । नेपालीको पहिचान र मौलिकता जोगाउन औपचारिक रुपमै टोपी दिवस मनाउन उनीहरुले सरकारलाई आग्रहसमेत गरेका छन् ।

ढाका टोपी नेपालीहरुको पहिचानको रुपमा रहेको छ । विषेशतः पहाडी क्षेत्रमा बसोबास गर्ने सबै जातजातीले ढाका टोपी लगाउने गरेका छन् । ढाकाको कपडाबाट बनेको पुरूषले शीरमा लगाउने पहिरन हो ढाका टोपी । नेपाल लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक घोषणा हुन भन्दा पहिले दउरासुरुवालसहित ढाका टोपी नेपालको राष्ट्रिय पोशाको रुपमा रहेको थियो । विश्वमा नेपालीको पहिचान झल्काउने आधार पनि हो ढाका टोपी । तर पछिल्लो समय युवापुस्तामा ढाका टोपीप्रतिको मोह घट्दै गएको छ । यही बीचमा केही युवाहरुले भने नेपालीको पहिचान र स्वदेशी संस्कृतिको जगेर्ना गर्न भन्दै विगत पाँच बर्ष देखि जनवरी १ तारिखका दिन राष्ट्रिय ढाका टोपी दिवस मनाउनुपर्ने अभियान चलाइरहेका छन् ।

यस बर्ष पनि युवाहरुले ‘नेपाली टोपी नेपाली पहिचान यही हो हाम्रो राष्ट्रिय अभियान’ भन्ने नाराका टोपी दिवस मनाएका छन् । अभियानले अन्तराष्ट्रिय क्षेत्रमा नेपालीको पहिचान स्थापित गर्न मद्दत पुग्ने उनीहरुको विश्वास छ ।

नेपाली ढाका टोपी सदियौंदेखि प्रचलनमा छन् । जुन नेपालीको पहिचानसमेत बनेको छ । ढाका टोपी न मौसम अनुसार लगाईन्छ न त कुनै अवसर विशेष पारेर नै हरेक मौसम र समयमा ढाका टोपीको प्रयोग गरिन्छ ।

नेपालमा धेरै प्रकारका टोपी प्रयोग भए पनि भादगाउँले टोपी, ढाका टोपी र परम्परागत नेपाली टोपी मुख्य हुन् । त्यसबाहेक विभिन्न जातजातिको मौलिक पहिचान झल्काउने टोपी लगाउने प्रचलन छ । मौलिक टोपीको संरक्षण र प्रर्वद्धन गर्नु अभियानको मुख्य लक्ष्य भएको अभियानमा सहभागि युवाहरुको भनाइ छ ।

उसो त ढाका टोपीले नेपालको हिमाल, पहाड र तराईको प्रतिनिधित्व गर्ने संस्कृतीविद्हकरुको भनाइ छ । टोपीलाई आत्मसम्मान र समर्पणको प्रतिकका रुपमा पनि लिइन्छ । नेपाली टोपीले नेपालीको शिर मात्र ढाकेको छैन जसले समग्र नेपाली जातीको पहिचान पनि झल्काएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);