तिहार समयमा ढाकाटोपीको विक्रि बढ्दो, फुटपाथमा सस्तो मुल्यमा विक्री हुनाले पसल व्यवसायीहरु मर्कामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

तिहार समयमा ढाकाटोपीको विक्रि बढ्दो, फुटपाथमा सस्तो मुल्यमा विक्री हुनाले पसल व्यवसायीहरु मर्कामा

dhakayopi

फूलमाया आलेकाठमाडौं, २१ कात्तिक । पछिल्लो पुस्तामा ढाकाटोपी लगाउने क्रम घट्दै गएको पाइन्छ । तर भाइटीका लगाउदा दिदी बहिनीले आफ्ना दाजुभाइलाई ढाकाटोपी लगाइदिने प्रचलनका भएका कारण तिहारको समयमा विक्रि वढ्ने गरेको छ ।

पछिल्लो पुस्तामा ढाकाटोपी लगाउने क्रम घट्दै गएको पाइन्छ । ढाकाटोपी दिवस या अन्य यस्तै अवसरमा भने युवापुस्ताले पनि ढाकाटोपी लगाउने गरेका छन । तिहारमा पनि भाइटीकाका दिन दिदी बहिनीले आफ्ना दाजुभाइलाई टोपी लगाइदिने चलनका कारण ढाका टोपीको व्यापार तिहारको समयमा धेरै हुने गरेको व्यवसायीहरुको भनाई छ ।

पसलमा ढाकाटोपी किन्न आउनेको चाप देखिन्छ । ढाकाटोपीको व्यापार गर्दै आएका व्यवसायीहरु विशेष गरी तिहार, विवाह, व्रतबन्धमा ढाकाटोपीको बढी खोजी हुने गरेको बताउ छन ।

सामान्यतया ७० रुपैयादेखि ५ हजार रुपैयाँसम्मका ढाकाटोपी बिक्री हुने गरेको छ । तिहारको समयमा दैनिक कम्तीमा १५ हजारदेखि ३५ हजार सम्म व्यापार हुने गरेको व्यापारीहरुको भनाई छ । विगत लामो समयदेखि ढाका टोपीको व्यापार गर्दै आइरहेको व्यापारीहरुले फुटपाथमा सस्तो मुल्यमा विक्री हुने गरेकोले पसलमा राखिएका टोपी विगत वर्षमा भन्दा कम विक्री हुने गरेको उनिहरुको धारणा छ ।

ढाका टोपी नेपालीहरुको मौलिक पहिचान तथा राष्ट्रिय पोशाक पनि हो । ढाका टोपीलाई नेपालीको कला धर्म, संस्कृतिसँग पनि जोडिएको पाइन्छ । त्यसैले युवा पुस्ताले तिहारको एक दिनमा मात्र हैन सधै लगाएर आफ्नो मौलिक पहिचान कायम गर्न जरुरी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);