नेपालगन्जको पुरानो पर्यटकिय स्थल रानीतलाउँ वोटिङ्घ मंगलवारबाट संचालनमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

नेपालगन्जको पुरानो पर्यटकिय स्थल रानीतलाउँ वोटिङ्घ मंगलवारबाट संचालनमा

rani tal

नेपालगन्ज, २१ कात्तिक । नेपालगन्जको पुरानो पर्यटकिय स्थल रानीतलाउँ वोटिङ्घ मंगलवारबाट संचालन आएको छ ।

२०५८ सालदेखि बन्द रहेको रानी तलाउँ वोटिङ्घ १७ बर्षपछि फेरि संचालनमा आएको हो । प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेलले जनप्रतिनिधी नहुँदा देशका धेरै पर्यटकिय क्षेत्र बन्द रहेको र अहिले जनप्रतिनिधीको पहलमा केही ठाउँमा पुनः निर्माण र केही ठाउँमा सम्पन्न भईसकेको बताए ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–८ मा रहेको रानीतलाउ बोटिङ्ग विहार १७ कठ्ठा क्षेत्रफलमा रहेको छ । यहाँ चिल्ड्रेन पार्क, झुला, प्रतिक्षालय, ६ वटा बोटिङ्ग, क्यान्टिन लगायतका पुर्वाधार निर्माण गरिएको छ । रानीतलाउँ बोटिङ्ग विहार संचालनपछि आन्तरिक पर्यटन प्रवद्र्धन भएको छ । छिमेकी भारतबाट समेत पर्यटक आउने अपेक्षा गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);