नेपालगन्जको भित्रि बजार र आसपासको बस्तीक्षेत्र पूर्णरुपमा सील | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८३, सोमबार

नेपालगन्जको भित्रि बजार र आसपासको बस्तीक्षेत्र पूर्णरुपमा सील


नेपालगन्ज, २५ साउन । करिब एक साता देखि नै सील रहेको बाँकेमा अझै कडाइ गरिएको छ । नेपालगन्ज क्षेत्रमा पछिल्लो समय कोरोना संक्रमण बढेपछि चार नाका पूर्णरुपले सील गरिएको हो । सील गरिएको क्षेत्रमा नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ ।

नेपालगन्जको सुर्खेतरोडको पुष्पलाल चोकदेखि, गणेशमान चोकसम्म, गणेशमान चोकबाट, चारबाहिनी चोक, पीपल चौतारा हुँदै बाँके गाउँसम्म, बाँके गाउँदेखि रिङरोड, आर्मी ब्यारेक हुँदै नहरपुरुवा चोकसम्म, नहरपुरुवा चोकदेखि बसपार्क रोड हुँदै पुष्पलाल चोकसम्म पूर्ण रुपमा सील गरिएको छ । संक्रमण थप बढेपछि शनिबारसम्म जारी गरिएको निषेधाज्ञा मंगलवार रातिसम्म बढाइएको छ ।

Leave a Reply