लामो दूूरीका सवारी पास वितरणमा कडाइ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

लामो दूूरीका सवारी पास वितरणमा कडाइ

काठमाडौं, २५ साउन । आइतबारदेखि काठमाडौं उपत्यकाभित्रका तीनवटै जिल्ला प्रशासन कार्यालयमा अत्यावश्यक बाहेक अन्य सेवा बन्द गरिएको छ । उपत्यकाको काठमाडौं, भक्तपुर र ललितपुर प्रशासन कार्यालयले दिँदै आएका सेवाहरु दुई साताको लागि बन्द गरिएको हो ।

गत शुक्रवार उपत्यकाभित्रका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जिल्ला प्रशासनबाट दिने सेवाहरूमध्ये अत्यावश्यक बाहेक अन्य सेवा बन्द गर्ने निर्णय गरिएको थियो ।

पछिल्लो समय काठमाण्डौं उपत्यकाभित्र कोराना संक्रमितको संख्या थपिदै गएपछि यस्तो निर्णय गरिएको हो । उपत्यकामा कोरोना महामारीको संक्रमण बढ्दै गएपछि लामो दूूरीका सवारी पास वितरणमा कडाइ गरिएको छ ।

उपत्यकाबाट बाहिर जाने सवारी पास लिँदा अत्यधिक भीड बढेपछि जिल्ला प्रशासन काठमाडौंले थप कडाइ गरेको हो ।अत्यावश्यक काममा मात्रै सवारी पास दिइने जनायएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);