नाकामा कडाई गर्न उपत्यका नगरपालिका मेयर फोरमको सरकारलाई आग्रह | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

नाकामा कडाई गर्न उपत्यका नगरपालिका मेयर फोरमको सरकारलाई आग्रह

काठमाडौं, २५ साउन । उपत्यका नगरपालिका मेयर फोरमले उपत्यका प्रवेश गर्ने नाकाहरुमा कडाई गर्न सरकारलाई आग्रह गरेको छ । फोरमले आइतबार कोरोना संकट व्यवस्थापन केन्द्र सीसीएमसीका संयोजक समेत रहनु भएका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग भेटेर काठमाडौ उपत्यकामा कोरोना संक्रमण दर बढिरहेको भन्दै नाकामा कडाई गर्न सरकारलाई आग्रह गरेको हो ।

फोरमका अध्यक्ष समेत रहनु भएका काठमाडौं महानगरका मेयर विद्या सुन्दर शाक्यले लक डाउन खुकुलो भएपछि संक्रमितको संख्या बढिरहेको भन्दै चाहिने भन्दा बढी मान्छेहरु भित्रिएकोले विगतमा जस्तै नाकाहरुमा कडाई गर्नुपर्ने बताउनुभयो ।

उहाँले फोरमले जेष्ठ नागरिकहरुको सामाजिक सुरक्षा भत्ताका लागि नयाँ नाम दर्ता र नविकरण गर्ने मिति साउन मसान्तसम्म रहेकोमा त्यसलाई बढाउन पनि आग्रह गरिएको उल्लेख गर्नुभयो ।

मध्यपुर ठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले समुदायस्तरमा कोरोना फैलिएकोले जात्रा पर्वहरु स्थगित गरिएजस्तै सरकारको पक्ष वा विपक्षमा हुने जुलुस,अनसन जस्ता कुराहरु प्रतिवन्ध गर्नुपर्ने माग गरिएको बताउनुभयो ।

फोरमले सार्वजनिक यातायात निषेध गरी नीजि सवारी साधनमा जोर विजोर प्रणाली लागु गर्न पनि सरकारलाई आग्रह गरेको छ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पोखरेलले फोरमले दिएका सुझावहरुलाई सीसीएमसीमा निर्णय गरेर अगाडी बढाउने प्रतिवद्धता जनाउनुभएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);