उपत्यका भित्रिने नाकाहरुमा चेकजाँच फितलो हुँदा संक्रमणको दर बढ्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

उपत्यका भित्रिने नाकाहरुमा चेकजाँच फितलो हुँदा संक्रमणको दर बढ्दै

काठमाडौं, २७ भदौ । काठमाडौं उपत्यकामा दैनिक कोरोना संक्रमणको दर बढ्दै गएपनि उपत्यका भित्रिने नाकाहरुमा चेकजाँच फितलो बन्दै गएको छ । ४ महिना लामो लक डाउनको अन्त्य भएपछि जारी भएको निषेधाज्ञा अहीले खुकुलो पारिएको छ । ३ हप्ता कडा रुपमा लगाइएको निषेधाज्ञा खुकुलो भएसँगै फितलो पनि बन्दै गएको छ ।

प्रहरीले अहिले अत्यावश्यक मालबाहक सवारी मात्रै उपत्यका भित्रिन दिइरहेको छ । खाद्यान्न, तरकारी, फलफुल, दुध, दुग्धजन्य पदार्थ बोकेका सवारी र मासुजन्य सामग्री बोकेका सवारीहरु मात्रै भित्रिन दिएपनि चेकजाँच भने फितलो देखिएको छ ।

नागढुंगा नाका भएर भित्रिने सवारीहरु स्वास्थ्य सुरक्षाका मापदण्ड नै पालनानै नगरी भित्रिन थालेका छन । उपत्यका नगरपालिका मेयर फोरमले संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएकाले नाकामा कडाई गर्न आग्रह गर्दा पनि त्यसो हुन सकेको छैन । नाकाबाट यात्रुबाहक सवारीलाई प्रवेश दिइएको छैन ।

सरकारलेनै उपत्यकाका तीनवटै काठमाडौं,ललितपुर,र भक्तपुर जिल्लाभित्र मात्रै छोटो दुरीका सवारी सञ्चालनको अनुमति दिएको छ । लामो दुरीका सवारी सञ्चालनको मिति अझै तय भएको छैन । यस्तै साँगा नाकामा सवारीको चाप कम देखिएपनि चेकजाँचमा स्वास्थ्य सुरक्षाका मापदण्ड भने अपनाइएको छैन । उपत्यकामा दैनिक कोरोना संक्रमणको जोखिम बढ्दै गएको अवस्थामा उपत्यका भित्रिने नाकामा कडाइ नगरिदा संक्रमणको जोखिम झनै बढेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);